विश्वकपबाट ब्राजिल बाहिरिएसँगै नेयमारले गरे सन्न्यासको घोषणा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २२ असार, २०८३
३ महिनाअघि

विराटनगर- ब्राजिलका अनुभवी फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यासको घोषणा गरेका छन्। फिफा विश्वकप २०२६ को अन्तिम १६ मा नर्वेसँग २-१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएपछि ३४ वर्षीय नेयमारले राष्ट्रिय टोलीको यात्रा टुंग्याएका हुन्।

आइतबार राति न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा खेल सकिएलगत्तै नेयमार भावुक बनेका थिए। अन्तिम सिट्टी बज्नेबित्तिकै उनी मैदानमै रोएपछि टोलीका सहकर्मीहरूले उनलाई सम्हालेका थिए।

Advertisement

यो हारसँगै ब्राजिल सन् १९९० यता पहिलो पटक विश्वकपको अन्तिम १६ चरणबाटै बाहिरिएको हो। नर्वेका स्टार स्ट्राइकर एर्लिङ हालान्डले दुई गोल गरे भने ब्राजिलका लागि नेयमारले इन्जुरी समयमा पेनाल्टीमार्फत एकमात्र गोल फर्काएका थिए।

खेलपछि ब्राजिलियन सञ्चारमाध्यम ग्लोबोसँग कुरा गर्दै नेयमारले भने, “मैले सक्दो प्रयास गरेँ, धेरै संघर्ष गरेँ। तर अब मेरो यो यात्रा यहीँ समाप्त हुन्छ। मैले यही मैदानबाट अन्तर्राष्ट्रिय करिअर सुरु गरेको थिएँ र यहीँ आएर अन्त्य पनि भयो।”

नेयमारले सन् २०१० को अगस्टमा संयुक्त राज्य अमेरिकाविरुद्धको मैत्रीपूर्ण खेलबाट मेटलाइफ स्टेडियममै ब्राजिलका लागि डेब्यु गरेका थिए। त्यही खेलमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए।

चोटका कारण पछिल्ला केही वर्ष चुनौतीपूर्ण रहे पनि उनले ब्राजिलका लागि १३० खेलमा ८० गोल गर्दै राष्ट्रिय टोलीको यात्रा समाप्त गरेका छन्। यससँगै उनले ७७ गोल गरेका महान् पेलेलाई पछि पार्दै ब्राजिलको इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान कायम राखेका छन्। नर्वेविरुद्धको गोलसँगै नेयमार पेलेपछि चार फरक विश्वकपमा गोल गर्ने दोस्रो ब्राजिलियन पुरुष खेलाडी पनि बने।

ब्राजिलको अप्रत्याशित हारपछि मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले टोली पुनर्निर्माणको संकेत दिएका छन्। उनले भने, “यो नतिजाले हामी सबैलाई निराश बनाएको छ। मलाई लाग्दैन हामी हार्नुपर्ने टोली थियौँ, तर फुटबलमा यस्ता परिणाम स्विकार्नैपर्छ। अब यो हारबाट सिकेर नयाँ योजनासहित अगाडि बढ्ने समय आएको छ।”

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०