पूर्वक्लब बार्सिलोनाविरुद्ध गोल गरेपछि दोस्रो पटक स्वारेजले मागे माफी !

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २३ माघ, २०७८
५ वर्षअघि

स्पेनिस क्लब एथ्लेटिको मड्रिडका स्ट्राइकर लुइस स्वारेजले पूर्वक्लब बार्सिलोनाविरुद्ध गोल गरेपछि दोस्रो पटक माफी मागेका छन् ।

आइतबार ला लिगाअन्तर्गत बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा पूर्वक्लबविरुद्ध गोल गरेका उनले माफी मागेका हुन् ।

उरुग्वेका स्टार स्वारेजले खेलको ५८औँ मिनेटमा डिफेन्डर जोसे मारिया जिमिनेजको पासमा गोल गरेका थिए ।

सो गोलपछि सहकर्मी सेलिब्रेसनका लागि स्वारेज नजिक आएका थिए । तर उनले भव्य सेलिब्रेसन नगरेर दुई हात जोडेर माफी मागेका हुन् ।

उनले दुवै हातको बीचमा बल राखी हात जोडेर पूर्वक्लब बार्सिलोनाका समर्थकतिर फर्किएर माफी मागे ।

क्याप नोउमा प्रत्यक्ष खेल हेरिरहेका ७४ हजार दुई सय २१ दर्शकसँग उनले माफी मागेका हुन् ।

स्वारेजले पूर्वक्लब बार्सिलोनाविरद्ध गोल गर्दै माफी मागेको यो पहिलो पटक भने होइन ।

२३ अक्टोबर २०२१ मा ला लिगाअन्तर्गत घरेलु मैदानमा बार्सिलोनाविरुद्ध पहिलो गोल गर्दै स्वारेजले माफी मागेका थिए ।

त्यसबेला एथ्लेटिकोले बार्सिलोनामाथि २–० गोलको जित निकालेको थियो । आज भने बार्सिलोनाले एथ्लेटिकोमाथि ४-२ गोलको जित निकाल्यो ।

Atletico vs Barca

प्रकाशित समय: आईतबार २३ माघ, २०७८, २२:५३:११
इरान युद्धपछि खाडी क्षेत्रमा अमेरिकी सैन्य उपस्थितिमाथि पेन्टागनको पुनर्विचार
बिहिबार ४ भदौ, २०८३
दुहबी–१२ मा ५ करोडको सडक योजना, बुगडरीदेखि बर्जु सीमासम्म  कालोपत्रे गरिने
बिहिबार ४ भदौ, २०८३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०