एफकन २०२१ को फाइनल प्रवेशका लागि इजिप्ट र क्यामरुन भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० माघ, २०७८
५ वर्षअघि
इजिप्टविरूद्ध क्यामरून

आयोजक राष्ट्र क्यामरुन र इजिप्ट अफ्रिकी कप अफ नेसन्स (एफकन) २०२१ को फाइनल प्रवेशका लागि आज आमनेसामने हुँदैछन् ।

प्रतियोगिताको दोस्रो सेमिफाइनल अन्तर्गत पल बिया रङ्गशालामा आज राती १२ः४५ बजे यी दुई राष्ट्र भिड्दैछन् ।

आजको सेमिफाइनल भिड्न्त सर्वाधिक एफकनको उपाधि जितेका दुई राष्ट्रबीच हुँदैछ ।

प्रतियोगिताको ३२औं संस्करणमा आइपुग्दा इजिप्टले सर्वाधिक सात पटक र क्यामरुनले पाँच पटक एपकनको उपाधि जितेकाे छ ।

सबैभन्दा सफल राष्ट्रबीच आज हुने भिड्न्त निकै रोमाञ्चक हुनेछ ।

क्वाटरफाइनलमा गाम्बियालाई २–० ले हराउँदै सेमिफाइनलमा आइपुगेको क्यामरुन प्रतियोगिताको अपराजित दुईमध्येको एक टोलीले हो ।

यता क्यामरुनको आजको प्रतिद्वन्द्वी इजिप्ट भने समूहको चरणमा नाइजेरियासँग पराजित भएयता अपराजित रहँदै सेमिफाइनल आइपुगेको हो ।

आजको खेलमा क्यामरुनका भिन्सेन्ट अबुबाकर र इजिप्टका मोहम्मद सलाहबीचको जम्काभेट प्रतिस्पर्धात्मक हुने पक्का छ ।

खेलअघि सलाहका बारेमा टिप्पणी गरेका अबुबाकरले आफू सलाहको खेलको प्रशंसक नभएको बताएका छन् ।

जारी प्रतियोगितामा सर्वाधिक ६ गोल गरेका अबुबाकरले क्यामरुनी टोलीको मुख्य हतियार हुन् ।

यता सलाहले भने इजिप्टलाई पटक–पटक उद्दार गरे पनि प्रतियोगितामा दुई गोल र एक महत्वपूर्ण एसिस्ट मात्र गरेका छन् ।

आज विजयी हुने टोलीले एफकन २०२१ को उपाधि जित्न सेनेगलको सामना गर्नुपर्नेछ । हिजो भएको पहिलो सेमिफाइनलमा बुर्किना फासोलाई ३–१ ले पाखा लगाउँदै सेनेगलले फाइनलमा स्थान बनाइसकेको छ ।

प्रतियोगिताको फाइनल खेल सोमबार पल बिया रङ्गशालामा हुनेछ ।

प्रकाशित समय: बिहिबार २० माघ, २०७८, २१:१८:५४
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०