माने चम्किँदा रोमाञ्चक जितसहित सेनेगल एफकनको फाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० माघ, २०७८
४ वर्षअघि

इङ्गलिस क्लब लिभरपुलका स्टार फरवार्ड साडियो माने चम्किँदा सेनेगल अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको पहिलो सेमिफाइनल खेलमा बुर्किना फासोलाई ३–१ गोलले हराउँदै सेनेगल उपाधि नजिक पुगेको हो ।

क्यामरुनमा बुधबार राति भएको खेलमा सेनेगलको जितमा एब्डोउ डिएलो, इड्रिसा गाना गुआइ र साडियो मानले गोल गरे ।

मानेले एक असिस्टसमेत दिए । बुर्किना फासोका इब्राहिमा ब्लाटी टाउरेले एक गोल फर्काए ।

निर्धारित समयको खेल सकिन २० मिनेट बाँकी छँदा चार गोल भएको थियो ।

१७ मिनेटको अन्तरमा चार गोल भएपछि खेल रोमाञ्चक बनेको थियो ।

खेलको ७०औं मिनेटमा एब्डोउ डिएलोले गोल गर्दै सेनेगललाई सुरुवाती अग्रता दिलाए ।

७६औं मिनेटमा इड्रिसा गाना गुआइले मानेको पासमा गोल गर्दै सेनेगलको अग्रता दोब्बर पारे ।

८२औं मिनेटमा इब्राहिमा ब्लाटी टाउरेले गोल गर्दै बुर्किना फासोलाई खेलमा फर्कने सङ्केत दिएका थिए ।

तर मानेले ८७औं मिनेटमा इस्माइला सारको पासमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

यससँगै सेनेगल उपाधि नजिक पुगेको छ ।

यसअघि क्वार्टरफाइनलमा इक्वाटोरियल गिनीमाथि ३-१ गोलको जित निकाल्दै सेनेगलले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

बुर्किना फासो भने ट्युनिसियालाई १-० गोलले स्तब्ध पार्दै सेमिफाइनलमा पुगेको थियो ।

सेनेगल तेस्रो पटक अफ्रिका कप अफ नेसन्सको फाइनलमा प्रवेश गरेको हो ।

यसअघि सन् २००२ र २०१९ मा फाइनलमा प्रवेश गरेपनि उपाधि जित्न सकेको छैन ।

सेनेगलसँगको हारसँगै बुर्किना फासो दोस्रोपटक फाइनल पुग्नबाट बञ्चित बन्यो ।

बुर्किना फासो यसअघि २०१३ मा फाइनलमा प्रवेश गरेको थियो ।

उसले उपाधि भने जित्न सकेको छैन ।

अब, सेनेगलले फाइनलमा इजिप्ट र आयोजक राष्ट्र क्यामरुनबीचको विजेता टोलीसँग उपाधिका लागि खेल्ने छ ।

उपाधि भिडन्त ६ फेब्रुअरीमा हुनेछ ।

बुर्किना फासोले भने दोस्रो सेमिफाइनलमा पराजित टिमसँग तेस्रो स्थानका लागि खेल्ने छ ।

तेस्रो स्थानका लागि हुने खेल ६ फेब्रुअरीमै हुनेछ ।

सम्बन्धित समाचारहरू :

फाइनल प्रवेशका लागि सेनेगल र फासो भिड्दै

सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

अफ्रिका कप अफ नेसन्स : कप्तान सलाहको गोलमा इजिप्टको पहिलो जित

प्रकाशित समय: बिहिबार २० माघ, २०७८, ०७:५४:३४
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी: अमेरिकाविरुद्ध नेपालको पहिलो खेल आज
शनिवार ५ ब‌ैशाख, २०८३
कांग्रेस आधिकारिकता विवादमा बहस सकियो, आजै फैसला आउने सम्भावना
शुक्रबार ४ ब‌ैशाख, २०८३
श्रम सम्झौताविना काममा लगाउने र बढी समय काम गराउनेविरुद्ध कारबाही हुने चेतावनी
शुक्रबार ४ ब‌ैशाख, २०८३
कम्बोडियामा नेपालीको बढ्दो उपस्थिति : जोखिम, चुनौती र समाधान
शुक्रबार ४ ब‌ैशाख, २०८३
त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा फिर्ता गर्न ३५ दिने सूचना जारी
शुक्रबार ४ ब‌ैशाख, २०८३
ट्रेड युनियन खारेज निर्णय कार्यान्वयन भएन, संगठनहरू उल्टै माग लिएर मन्त्रालय पुगे
शुक्रबार ४ ब‌ैशाख, २०८३
सर्वोच्चको अनधिकृत पत्र लेख्ने विष्टलाई ६ महिना कैद सजाय
शुक्रबार ४ ब‌ैशाख, २०८३
कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया अघि बढ्दै, सांसदहरू छलफलमा बोलाइए
शुक्रबार ४ ब‌ैशाख, २०८३
विराटनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
शुक्रबार ४ ब‌ैशाख, २०८३
रोहितको कप्तानीमा लिग २ खेल्ने टीम घोषणा
शुक्रबार ४ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०