फाइनल प्रवेशका लागि सेनेगल र फासो भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
५ वर्षअघि
सेनेगलविरूद्ध फासाे

अफ्रिकी कप अप नेसन्स (एफकन) अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

क्यामरूनस्थित याउन्डाे सहरमा रहेकाे अहमदौ अहिजो रङ्गशालामा हुने खेलमा सेनेगल र बुर्किना फासो आमनेसामने हुँदैछन् ।

Advertisement

नेपाली समय अनुसार राती १२ः४५ मा हुने खेलमा सेनेगल फासोलाई हराउँदै एफकनको फाइनल पुग्न चाहन्छ ।

प्रतियोगिताको ३३औं संस्करणमा आइपुग्दा समेत उपाधि जित्न नसकेको सेनेगल आजकाे खेलमा विजयी हुँदै फाइनलमा इहिास रच्न चाहन्छ ।

२०१९ मा सम्पन्न एपकनको उप–विजेता समेत रहेको सेनेगल २००२ मा फाइनल पुगे पनि उपाधि जित्न असफल बनेको थियो ।

यस पटकको प्रतियोगितामा उच्च लयमा देखिएको सेनेगलको आजको प्रतिद्वन्द्वी फासो पनि फाइनलको अनुभव लिइसकेको टोलीको हो ।

२०१३ मा दक्षिण अफ्रिकामा सम्पन्न एफकनको फाइनलमा नाइजेरियासँग १–० ले पराजित भएको फासो आफूले नै आयोजना गरेको १९९८ को एफकनमा चौथो स्थानमा सीमित बनेको थियो ।

अनुभवी टोली फासो र सेनेगलबीचको आजको भिडन्त निकै रोमाञ्चक हुनेछ ।

साडियो माने, एडवार्ड मेन्डी, कालिदो कुलिबाली, बौना सार, बौलाए दिया, आबदोउ डियाले जस्ता स्टार खेलाडीले भरिएको सेनेगललाई रोक्न फासो पनि तयार छ ।

आजको खेलमा फासोका लागि बट्र्रान्ड ट्राओरे, हर्वे कोफी, सिमाइला इयोटार सफल हुन्छन् कि हुँदैनन् ? त्यो हेर्न लायक हुनेछ ।

हालसम्म अपराजित सनेगेलले प्रतियोगिता अवधिभर एक गोल मात्रै खाएको छ ।

विपक्षीका पोस्टमा ६ गोल गरेको सेनेगलले क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३–१ ले पराजित गर्दै फासोसँगको भेट पक्का गरेको थियो ।

यता फासोले भने प्रतियोगितामा हालसम्म चार गोल खाँदा समान चार गोल नै गरेको छ ।

अन्तिम १६ को खेलमा गाबोनविरुद्ध पेनाल्टीमा ७–६ को जित हात पारेको फासोले क्वाटर फाइनलमा ट्युनिसियालाई १–० ले स्तब्ध बनाएको थियो ।

आजको विजयी टोलीले एफकन २०२१ को उपाधि जित्न भोलि हुने क्यामरुन र इजिप्टबीचको खेलको विजेतासँग सोमबार खेल्नु पर्नेछ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०