फाइनल प्रवेशका लागि सेनेगल र फासो भिड्दै

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
५ वर्षअघि
सेनेगलविरूद्ध फासाे

अफ्रिकी कप अप नेसन्स (एफकन) अन्तर्गत आज पहिलो सेमिफाइनल खेल हुँदैछ ।

क्यामरूनस्थित याउन्डाे सहरमा रहेकाे अहमदौ अहिजो रङ्गशालामा हुने खेलमा सेनेगल र बुर्किना फासो आमनेसामने हुँदैछन् ।

नेपाली समय अनुसार राती १२ः४५ मा हुने खेलमा सेनेगल फासोलाई हराउँदै एफकनको फाइनल पुग्न चाहन्छ ।

प्रतियोगिताको ३३औं संस्करणमा आइपुग्दा समेत उपाधि जित्न नसकेको सेनेगल आजकाे खेलमा विजयी हुँदै फाइनलमा इहिास रच्न चाहन्छ ।

२०१९ मा सम्पन्न एपकनको उप–विजेता समेत रहेको सेनेगल २००२ मा फाइनल पुगे पनि उपाधि जित्न असफल बनेको थियो ।

यस पटकको प्रतियोगितामा उच्च लयमा देखिएको सेनेगलको आजको प्रतिद्वन्द्वी फासो पनि फाइनलको अनुभव लिइसकेको टोलीको हो ।

२०१३ मा दक्षिण अफ्रिकामा सम्पन्न एफकनको फाइनलमा नाइजेरियासँग १–० ले पराजित भएको फासो आफूले नै आयोजना गरेको १९९८ को एफकनमा चौथो स्थानमा सीमित बनेको थियो ।

अनुभवी टोली फासो र सेनेगलबीचको आजको भिडन्त निकै रोमाञ्चक हुनेछ ।

साडियो माने, एडवार्ड मेन्डी, कालिदो कुलिबाली, बौना सार, बौलाए दिया, आबदोउ डियाले जस्ता स्टार खेलाडीले भरिएको सेनेगललाई रोक्न फासो पनि तयार छ ।

आजको खेलमा फासोका लागि बट्र्रान्ड ट्राओरे, हर्वे कोफी, सिमाइला इयोटार सफल हुन्छन् कि हुँदैनन् ? त्यो हेर्न लायक हुनेछ ।

हालसम्म अपराजित सनेगेलले प्रतियोगिता अवधिभर एक गोल मात्रै खाएको छ ।

विपक्षीका पोस्टमा ६ गोल गरेको सेनेगलले क्वाटरफाइनलमा इक्वेटोरियल गिनीलाई ३–१ ले पराजित गर्दै फासोसँगको भेट पक्का गरेको थियो ।

यता फासोले भने प्रतियोगितामा हालसम्म चार गोल खाँदा समान चार गोल नै गरेको छ ।

अन्तिम १६ को खेलमा गाबोनविरुद्ध पेनाल्टीमा ७–६ को जित हात पारेको फासोले क्वाटर फाइनलमा ट्युनिसियालाई १–० ले स्तब्ध बनाएको थियो ।

आजको विजयी टोलीले एफकन २०२१ को उपाधि जित्न भोलि हुने क्यामरुन र इजिप्टबीचको खेलको विजेतासँग सोमबार खेल्नु पर्नेछ ।

प्रकाशित समय: बुधबार १९ माघ, २०७८, १८:४१:०९
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०