विराटनगर । भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन्।
नेपाली सेनाका प्रधानसेनापति जनरल अशोक सिग्देलको निमन्त्रणामा नेपाल आउन लागेका सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले विशेष समारोहबीच नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।
नेपाल र भारतका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ महारथीको दर्जा दिने लामो समयदेखिको परम्परा रहँदै आएको छ।
बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल भ्रमणमा आउने जनरल सेठ पहिलो उच्चस्तरीय भारतीय अधिकारी हुनेछन्।
उनको भ्रमणलाई नेपाल–भारत सैन्य सम्बन्धका दृष्टिले महत्वपूर्ण मानिएको छ।