विराटनगर ।धवलशमशेर राणा र दुर्गा प्रसाईंले सुरुमा सँगै नयाँ पार्टी गठन गर्ने तयारी गरे पनि कुरा नमिलेपछि अलग–अलग पार्टी खोल्ने भएका छन्।
राणाले शुक्रबार निर्वाचन आयोगमा ‘जय नेपाल’ नामको पार्टी दर्ता गर्ने तयारी गरेका छन्।
यता प्रसाईंले पनि आफ्नै नेतृत्वमा छिट्टै नयाँ पार्टी गठन गर्ने बताएका छन्।
अनुसार नयाँ पार्टी सबै जातजाति र धर्मका नागरिकको साझा पार्टी हुने तथा वैदिक सनातनी हिन्दु अधिराज्यसहित पीडित, शोषित र उत्पीडित नागरिकको हक, अधिकार र न्यायका लागि समर्पित हुनेछ।