दक्षिण एसियामा ‘अभागी’ मोरिसस !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ माघ, २०७८
५ वर्षअघि
नेपाल भ्रमणमा आएको मोरिससको टोली

पूर्वी अफ्रिकन मुलुक मोरिससले माघ १५ र १८ गते नेपालसँग दुई मैत्रीपूर्ण फुटबल खेल खेल्यो ।

नेपालसँग दुईवटा मैत्रीपूर्ण फुटबल खेल्न १० माघमा काठमाडौँ आइपुगेको मोरिससले नेपालसँगका दुवै खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा खेलेको थियो ।

मोरिससको यो दोस्रो दक्षिण एसियाको भ्रमण हो । यसअघि उसले सन् २०१७ मा भारतको भ्रमण गरेको थियो ।

भारतको मुम्बईमा भएको सो मैत्रीपूर्ण खेलमा पनि उसले जित निकाल्न सकेन । मोरिसस सो खेलमा २-१ गोलले पराजित भएको थियो ।

दोस्रो पटक मैत्रीपूर्ण खेलकै लागि नेपालको भ्रमण गरेकाे मोरिसस यस पटक पनि अभागी ठहरियो ।

उसले दुवै मैत्रीपूर्ण खेलमा १-० गोलान्तरकाे हार बेहोरेको थियो ।

शनिबार पहिलो मैत्रीपूर्ण खेलमा मोरिसस नेपालसँग १-० गोलले पराजित हुन पुग्यो ।

नेपालकाे जितका लागि फरवार्ड विमल घर्तीमगरकाे गोल निर्णायक साबित भएको थियो ।

मङ्गलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालका सुजल श्रेष्ठले गरेको एकमात्र गोलले मोरिसस पराजित बन्यो ।

पहिलोको तुलनामा दोस्रो खेल रोमाञ्चक र तनावपूर्ण बन्यो ।

नेपालको सुरुवाती गोल र मोरिससले लगत्तै पेनाल्टी मिस गरेपछि खेल अन्तिमसम्म तनावपूर्ण रह्यो ।

खेल मैत्रीपूर्ण भएपनि खेलाडी र अफिसियलले मैदानमा अमैत्री व्यहार देखाए । जसकारण ८०औँ मिनेटमा दुवैतर्फका खेलाडी एक आपसमा हात हालाहालको अवस्थामा पुगे ।

कार्डको वर्षा भएको खेलमा मोरिससले नौ र नेपालले १० खेलाडीमा खेल सकाए ।

रेफ्री नविन्द्र महर्जनलाई खेल नियन्त्रण गर्न हम्मेहम्मे परेको थियो । खेल नियन्त्रणमा लिन उनले १५ वटा कार्ड प्रयोग गरेका थिए ।

खेलाडी टसलमा उत्रिएपछि मोरिससका एडरिन बोटबर र इमानुल फुलचन्ड तथा नेपालका पुजन उपरकोटीले दोहोरो पहेँलो (रातो) कार्ड पाए ।

यस्तै, नेपालका गाेलकिपर प्रशिक्षक विकास मल्ललाई समते राताे कार्ड देखाइएकाे थियाे ।

पाेस्ट म्याच कन्फ्रेन्समा बाेल्दै मोरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालबाट केही फरक अनुभवसहित टोली फर्कन लागेकोमा खुशी व्यक्त गरेका छन् ।

‘लामाे समयपछि खेलमा फर्किएका र थपिएका नयाँ खेलाडी आवेशमा आए’ प्रशिक्षक फ्रान्काेइसले भने, ‘अघिल्लाे खेल हारेकाले दाेस्राे खेलमा जित निकाल्ने प्रयास गर्दा केही खेलाडीले नियन्त्रण गुमाए तर पनि म टाेलीकाे समग्र प्रर्दशनबाट सन्तुष्ट छु ।’

समग्रमा हेर्दा दक्षिण एसियाली राष्ट्रमा गरेका दुवै भ्रमणमा मोरिसस अभागी सावित भएको छ । कारण, दुवैमा ऊ पराजित भएको छ ।

अब, मोरिससका खेलाडी र अफिसियलको टिम भोलि (बिहीबार) स्वदेश फर्किँदै छन् ।

मोरिसस फुटबल महासङ्घले करिब दुई साताको नेपाल बसाइपछि टोली भोलि राति स्वदेश फर्किने जानकारी दिएको हो ।

प्रकाशित समय: बुधबार १९ माघ, २०७८, १६:४१:५७
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०