मोरिसस पेनाल्टीमा चुक्दा पहिलो हाफमा नेपालको १–० को अग्रता

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १८ माघ, २०७८
५ वर्षअघि
नेपाल भर्सेज माेरिसस

दशरथ रङ्गशालामा जारी नेपाल र मोरिससबीचको दोस्रो मैत्रीपूर्ण खेलको पहिलाे हाफमा नेपालले १–० को अग्रता लिएको छ ।

खेलको ११औं मिनेटमा नै नेपालले गोल गरेको थियाे ।

Advertisement

नविन गुरुङको कर्नरमा सुजल श्रेष्ठले गोल गरे । गुरुङको कर्नरमा आशिष लामाले बललाई पहिले प्रहार गरेका थिए ।

तर पेनाल्टी क्षेत्रभित्र आएको सो बललाई पुजन उपरकोटीले फिल्क र श्रेष्ठले ट्याप इन गर्दै गोल गर्न सफल भए ।

खेलको १२औं मिनेटमा नेपालले ठूलो खतरा टारेको थियो ।

मोरिसस पेनाल्टीमा चुक्दा नेपाल अग्रता कायम राख्न सफल भयो ।

दिनेश राजवंशीले मोरिससका कप्तान सोफीलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि मोरिससले पेनाल्टीको मौका पाएको थियो ।

पेनाल्टी क्षेत्र बाहिरबाट मोरिससका खेलाडीले गरेको प्रहारलाई नेपालका गोलरक्षक किरन चेम्जोङले बचाए पनि आएको रिबन्डमा गोलको प्रयास गर्न सोफी अघि बढेका थिए ।

अघि बढेका सोफीलाई नेपाली डिफेन्डर राजवंशीले लडाएपछि मोरिससले पेनाल्टी पाएको यियो ।

सो पेनाल्टी मोरिससका कप्तान सोफी आफैंले प्रहार गरेका थिए ।

तर सोफीको पेनाल्टी प्रहारलाई गोलरक्षक चेम्जोङले उत्कृष्ट बचाउ गरेपछि मोरिसस बराबरी गोल फर्काउन असफल रह्यो ।

खेलको सुरुवातबाट नै दुवै टोली आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

खेलको दोस्रो मिनेटमा नै नेपालले फाउल पाएको थियो । मोरिससका कप्तान सोफीले पूजन उपरकोटीलाई लडाएका थिए ।

तर आफ्नै भागको पाएको फ्रिकिकमा नेपालले खासै मुभ बनाउन सकेन ।

छैटौँ मिनेटमा नेपालले गोल गर्न अवसर खेर फाल्यो ।

लेफ्ट फ्ल्याङ्कबाट अन्जन विष्टले निकालिदिएको बलमा दर्शन गुरुङले प्रयास गरे पनि त्यो पोस्टभन्दा निकै माथि हुइकिएको थियो ।

३७औं मिनेटमा नेपाल अग्रता दोब्बर बनाउनबाट चुक्यो । मोरिससका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दा तेज तामाङले मौका पाएका थिए ।

मोरिससका डिफेन्डरले मिस पास गरेपछि तामाङले करिब ३५ यार्ड टाढा अवसर पाएका थिए ।

मोरिससका गोलरक्षक पोस्टमा नभएको बेला तामाङले प्रयास गरे पनि बलले पोस्टको दिशा लिन नसक्दा नेपाल खेलको स्कारे २–० बनाउनबाट चुक्यो ।

४३औं मिनेटमा ब्रास खेलमा बराबरी गोल गर्नबाट चुक्यो । पेनाल्टी क्षेत्र बाहिरबाट उनले गरेको लङ रेन्ज प्रहारलाई गोलरक्षक चेम्जोङले रोकेका थिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०