महको अनुहार (कविता)

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १६ माघ, २०७८
५ वर्षअघि
निरज दाहालकाे महकाे अनुहार

महको अनुहार

जब जब म यी बूढा भएका अनुहारहरू हेर्छु
मलाई किन डर लाग्छ
यी अनुहारहरू बूढो भए भनेर ?
सायद
यी अनुहारहरूलाई
मैले आफ्ना बा-आमासँगै चिनेको हुँ ।
हरेक सन्तानलाई
आफ्ना बा-आमा बूढो भएको देख्दा डर लाग्छ
हरेक दर्शकलाई
आफ्ना प्रिय कलाकार बूढो भएको देख्दा डर लाग्छ ।
डरको पछाडि भयानक मृत्यु छ
र, मृत्युको अगाडि हामी सबै पनि त छौँ ।
यही अनुहारहरूले त हो
मेरो बाल्यकालमा हाँसो रोपेको ।
यही अनुहारहरूले त हो
देश सिकाएको, संस्कृति सिकाएको ।
यी अनुहारहरूले के सिकाएनन् र ?
-राजनीति सिकाए
-द्वन्द्वकाल सिकाए
-स्वास्थ्य सिकाए
-शिक्षा सिकाए
-जात सिकाए
-धर्म सिकाए
-मानवता सिकाए
सबैभन्दा ठुलो कुरा त
– हाँसोको पछाडि एउटा सुन्दर जीवन छ भन्ने सिकाए
यति धेरै सिकाउनेको अनुहार बूढो हुँदै छ ।
कहिलेकाहीँ लाग्छ
मिल्ने भए
चित्रगुप्तको किताबबाट यी दुई अनुहारहरूको पाना च्यातेर ल्याउँ
र हातमा राखेर भनिदउँ
– “हामी सँगै बूढो हुनुपर्छ ल ? “

Advertisement

निरज दाहालकाे मह कविता

–निरज दाहाल

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न
मङ्गलबार २७ असोज, २०८३
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०