काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य आदिवासी जनजाति खुलातर्फको मतगणनामा तीर्थ लामाले अन्य उम्मेदवारलाई पछि पारेका छन्।
पछिल्लो मतपरिणामअनुसार लामाले १ हजार ५६५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन्। दोस्रो स्थानमा रहेका डा. प्रेमध्वज लामाले ९२३ मत पाएका छन्।
त्यस्तै, इन्जिनियर अनुप श्रेष्ठ ८९७ मतसहित तेस्रो स्थानमा छन् भने कर्मा छिरिङ शेर्पाले ८७८ मत प्राप्त गरेका छन्।
मतपरिणामअनुसार भीम श्रीस मगरले ७११, रामकृष्ण चित्रकारले ७०४, बुद्ध लामाले ७०१, टेकप्रसाद गुरुङले ७६९ तथा अमृत गुरुङ र गेल्जे लामाले समान ६२९ मत पाएका छन्।
पछिल्लो नतिजामा तीर्थ लामा प्रतिस्पर्धीभन्दा अगाडि देखिएका छन्। मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।