कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले नेपाली कांग्रेसको नेतृत्व चयन प्रक्रियामा समावेशिताको अवस्था कमजोर रहेको भन्दै आलोचना गरेका छन्। समावेशी लोकतन्त्रको पक्षमा आवाज उठाउने कांग्रेसले आफ्नै नेतृत्व चयनमा सबै समुदाय र प्रदेशलाई उचित स्थान दिन नसकेको उनको आरोप छ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सिंहले कांग्रेसको सभापतिदेखि महामन्त्रीसम्मका पदमा खस–आर्य समुदायको वर्चस्व देखिएको टिप्पणी गरेका छन्। उनले दलित, मधेसी, थारू, मुस्लिम, आदिवासी जनजाति तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्वबारे प्रश्न उठाएका छन्।

Advertisement

उनले नेतृत्वमा जनजाति र दलित समुदायको प्रतिनिधित्व नदेखिएको तथा प्रादेशिक हिसाबले मधेश, सुदूरपश्चिम र कर्णालीको उपस्थिति कमजोर रहेको भन्दै कटाक्ष गरेका छन्। समावेशिताको नारा र नेतृत्वको वास्तविक संरचनाबीच तालमेल हुनुपर्ने उनको भनाइ छ।

सिंहले समावेशिता भाषणमा मात्र सीमित नभई नेतृत्वको संरचनामै प्रतिबिम्बित हुनुपर्नेमा जोड दिएका छन्। महिला प्रतिनिधित्वलाई पनि एउटै समुदायमा सीमित गरेर वास्तविक समावेशिताको दाबी गर्न नसकिने उनको टिप्पणी छ।

ऐतिहासिक लोकतान्त्रिक पार्टीका रूपमा कांग्रेसले सबै समुदायलाई समान अवसर र सम्मान दिन सक्नुपर्ने उल्लेख गर्दै उनले नेतृत्व चयनमा समावेशी अभ्यास आवश्यक रहेको बताएका छन्।

नाम र नारा परिवर्तन हुँदैमा नेतृत्वको चरित्र र प्रतिनिधित्वमा परिवर्तन नआए जनताले अपेक्षा गरेको राजनीतिक परिवर्तन हासिल नहुने भन्दै सिंहले कांग्रेसको नेतृत्व चयन प्रक्रियामाथि प्रश्न उठाएका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो

मङ्गलबार २७ असोज, २०८३
२ घण्टाअघि

एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी

सोमबार २६ असोज, २०८३
१९ घण्टाअघि

मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध

सोमबार २६ असोज, २०८३
१९ घण्टाअघि

सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो

सोमबार २६ असोज, २०८३
२० घण्टाअघि

जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी

सोमबार २६ असोज, २०८३
२० घण्टाअघि
कांग्रेसको आदिवासी जनजाति खुला सदस्यमा तीर्थ लामाको अग्रता कायमै
मङ्गलबार २७ असोज, २०८३
सहमहामन्त्री महिला पदमा प्रतिमा गौतमको मत ३ हजार नाघ्यो
मङ्गलबार २७ असोज, २०८३
कांग्रेस नेतृत्वमा समावेशिता खोइ? अमरेशकुमार सिंहको प्रश्न
मङ्गलबार २७ असोज, २०८३
एल निनोको प्रभावले सन् २०२७ मा विश्व तापक्रमले नयाँ रेकर्ड बनाउने चेतावनी
सोमबार २६ असोज, २०८३
मानसिक स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सरकार प्रतिबद्ध
सोमबार २६ असोज, २०८३
पाकिस्तानमा आपत्कालीन शासनपछि पीटीआईका २७८ नेता–कार्यकर्ता पक्राउ
सोमबार २६ असोज, २०८३
सुदूरपश्चिमको बजेटमै विवाद, सत्तारूढ सांसदकै विरोधपछि प्रदेशसभा बैठक सर्‍यो
सोमबार २६ असोज, २०८३
जापानका लागि प्रस्तावित राजदूत थापाविरुद्ध उजुरी
सोमबार २६ असोज, २०८३
गृहमन्त्री सुधन गुरुङ बिमस्टेक बैठकमा सहभागी हुन भारत प्रस्थान
सोमबार २६ असोज, २०८३
स्ट्रेट अफ होर्मुजमा दुई तेल ट्यांकरमाथि आक्रमण, दुई भारतीय बेपत्ता
सोमबार २६ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०