डिफेन्डिङ च्याम्पियन सङ्कटालाई पाखा लगाउँदै मछिन्द्र सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १० माघ, २०७८
४ वर्षअघि
मछिन्द्र फुटबल क्लब

मछिन्द्र फुटबल क्लब २०औं आहा रारा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा भएको आजको क्वाटर फाइनल खेलमा मछिन्द्रले सङ्कटाविरुद्ध ४–१ को शानदार जित दर्ता गर्न सफल भएको हो ।

मछिन्द्र फुटबल क्लबका लागि पहिलो गोल उत्सव राईले खेलको १२औं मिनेटमा गरे । पेनाल्टी क्षेत्र बाहिरबाट राईले गरेको प्रहारले जाली चुम्दा सङ्कटाका गोलरक्षक राजबाबु थापा मुकदर्शक बने ।

दोस्रो गोल खेलको दोस्रो हाफको ४७औं मिनेटमा भएको थियो ।

सङ्कटाका गणेश हमालको प्रहार रोक्दै म्याथानियल जुडेले राइट फ्ल्याङ्कमा अभिषेक रिजालका लागि सुन्दर पास निकालिदिएका थिए ।

सोही बललाई रिजालले सङ्कटाका पेनाल्टी क्षेत्रभित्र रेजिन सुब्बाका लागि क्रस मिलाइदिएका थिए । तर सुब्बाले बल नियन्त्रणमा लिन नसकेपछि मेसुके इतिग्ने ओलोमोउले गोल गरे ।

मछिन्द्रको दुई गोलको अग्रता कम गर्ने क्रममा सङ्कटाका लागि गणेश हमालले गोल गरे ।

खेलको ६३औं मिनेटमा पाएको कर्नरमा सङ्कटा गोल गर्न सफल भएको थियो । अमित तामाङ्गको कर्नरमा निरज बस्नेतले हेड गर्दै मिलाइदिएको बलमा हमालले गोल गर्दै अग्रता कम गर्ने प्रयास गरेका थिए ।

८४औं मिनेटमा मछिन्द्रका लागि अभिषेक गुरुङ्गले गोल गर्दै टाेलीका ३–१ काे अग्रता दिलाए । कप्तान रञ्जित धिमाललाई अमित तामाङ्गले पेनाल्टी बक्स नजिकै फाउल गरेपछि मछिन्द्रले फ्रिकिक पाएको थियो ।

मछिन्द्रका लागि ओमोलाजा नुरौन करिमले गरेको प्रहार सङ्कताका गोलरक्षक थापाले पूर्ण रुपमा बचाउन नसकेपछि आएको रिबन्डमा तामाङ्गले गोल गर्दै मछिन्द्रलाई ३–१ को अग्रता दिलाएका थिए ।

तेस्रो गोलको अग्रता लिएको दोस्रो मिनेटमा नै मछिन्द्रले चौथो गोल गरेको थियो ।

८६औं मिनेटमा ग्रारसियाले फिल्क गरिदिएको बलमा मेसुकेले सुन्दर गोल गर्दै खेल पूर्ण रुपमा मछिन्द्रको पक्षमा पारेका थिए ।

सङ्कटाविरुद्ध ४–१ गोलान्तरको जित निकाल्दै सेमिफाइनल पुगेको मछिन्द्रले फाइनल पुग्न नेपाल एपिएफल क्लबविरुद्ध माघ १२ मा खेल्नेछ ।

प्रकाशित समय: सोमबार १० माघ, २०७८, १६:२८:४०

सम्बन्धित खबर

विश्वकपः समूह ‘सी’ मा स्कटल्यान्डले खाता खोल्यो, ब्राजिल पर्‍यो अफ्ठेरोमा

आईतबार ३१ जेठ, २०८३
१ दिनअघि

विश्वकपमा जर्मनीको नयाँ परीक्षा, इतिहास रच्न तयार कुराकाओ

आईतबार ३१ जेठ, २०८३
१ दिनअघि

विश्वकपअघि इंग्ल्यान्ड टोलीको प्रशिक्षण सामग्री चोरी

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपमा आज कतार–स्विट्जरल्यान्ड भिड्दै, भोलि बिहान ब्राजिल–मोरक्कोसहित तीन रोचक खेल

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपमा क्यानडा र बोस्नियाको बराबरी, लारिनले जोगाए घरेलु टोलीलाई

शनिवार ३० जेठ, २०८३
२ दिनअघि

विश्वकपको उद्घाटन खेलमा मेक्सिकोको शानदार जित, तीन रातो कार्डले खेल बन्यो रोमाञ्चक

शुक्रबार २९ जेठ, २०८३
३ दिनअघि
कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै
सोमबार १ असार, २०८३
सडक पेटी अतिक्रमण हटाउन सर्वोच्चको परमादेश, प्रहरी पोष्टसमेत हटाउन निर्देशन
सोमबार १ असार, २०८३
नेपाल–भारत सीमा समस्याबारे कञ्चनपुरमा उच्चस्तरीय बैठक
सोमबार १ असार, २०८३
आगामी १० वर्षका लागि डिजिटल मधेस दशक घोषणा
सोमबार १ असार, २०८३
नेपाल-भारत सीमामा पर्खाल लगाउन सांसद् तामाङको माग
सोमबार १ असार, २०८३
मन्त्री लम्सालद्वारा नागढुंगा–मुग्लिङ सडक आयोजनाको अनुगमन
सोमबार १ असार, २०८३
हर्क साम्पाङको प्रश्न,प्रधानमन्त्रीको सीमा विवादसम्बन्धी अभिव्यक्ति रेकर्डबाट कहिले हट्छ?
सोमबार १ असार, २०८३
प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूको विरोध
सोमबार १ असार, २०८३
सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै
सोमबार १ असार, २०८३
विराटनगरको सेन्ट जोसेफले ‘फ्रेसर्स पुल पार्टी’ गर्दै गर्‍यो नयाँ विद्यार्थीहरुलाई स्वागत
आईतबार ३१ जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०