२०२२ मा पहिलो खेल खेल्दै मेस्सी, के गोलको खडेरी तोड्लान त ?

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ९ माघ, २०७८
५ वर्षअघि
के मेस्सी पिएसजीमा सफल हाेलान् त ?

पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्जेन्टाइन स्टार लियोनल मेस्सीले नयाँ वर्ष २०२२ को आफ्नो पहिलो खेल खेल्दैछन् ।

२०२१ को अन्तिमतिर कोरोना संक्रमण भएदेखि मैदानमा नदेखिएका मेस्सी फ्रान्सेली लिग वानमा रिम्सविरुद्ध मैदान उत्रेर २०२२ सुरू गर्दैछन् ।

कोभिड संक्रमणबाट मुक्त भइसकेका मेस्सी प्रशिक्षणमा फर्किसकेका छन् र उनकाे प्रर्दशनबाट प्रशिक्षक माउरिसियो पोचेटिनो सन्तुष्ट छन् ।

शनिबार भएकाे पत्रकार सम्मेलनमा पिएसजीका प्रशिक्षक पोचेटिनोले मेस्सी आजको खेलमा खेल्ने टोलीमा हुने सार्वजनिक गरिसकेका छन् ।

१६ वर्षे बार्सिलोना बसाइँ दुःखद तरिकाले टुङ्ग्याएका मेस्सीले लिग वानमा अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन् ।

२१/२२ काे सिजनको मध्यभागसम्म आइपुग्दा पिएसजीबाट १६ खेल खेलेका मेस्सीले ६ गोल र पाँच असिस्ट मात्रै गरेका छन् ।

लिग वानका मेस्सीको प्रदर्शन उदेक लाग्दो छ । ११ खेल खेलिसकेका मेस्सीको नाममा लिग वानमा मात्र एक गोल रहेको छ ।

फ्रान्सेली लिगमा पाँच असिस्ट गर्न भ्याएका मेस्सीले पिएसजीका लागि च्याम्पियन्स लिगमा भने गज्जब प्रदर्शन गरिरहेका छन् ।

पिएसजीको जर्सीमा पाँच च्याम्पियन्स लिगका खेल खेलिसकेका मेस्सीले पाँच गोल गरिसकेका छन् ।

च्याम्पियन्स लिगको समूह ‘ए’ मा रहेको पिएसजीलाई समूह उपविजेता बनाउँदै अन्तिम १६ मा पुर्याउन मेस्सीले म्यानचेस्टर सिटी, आरबी लाइपजिग र क्लब ब्रुगविरुद्ध गोल गरेका थिए ।

सिजनको पहिलो हाफसम्म फ्रान्समा खासै चल्न नसकेका मेस्सीलाई आजको खेलसँगै थप दबाब बढेको छ ।

लिगमा राम्रो प्रदर्शन गर्न नसकिरहेका मेस्सीलाई च्याम्पियन्स लिगको अन्तिम १६ मा रियल मड्रिड प्रतिद्वन्द्वी पर्नुले पिएसजी बसाइँ कठिन हुने निश्चित छ ।

विश्वमा सर्वाधिक सात पटक बालोन डी ओर जितिसकेका मेस्सी कठिन परिस्थितीबाट अघि बढ्न सक्ने खेलाडीका रुपमा परिचित छन् ।

तर बाँकी सिजन पिएसजीमा उनको प्रदर्शन कस्तो हुने हो ? त्यसको लागि हामीले जारी २१/२२ को पूरा सिजन पर्खनु पर्ने हुन्छ ।

मेस्सी सम्मेलित पिएसजी लिग वान अङ्कतालिकाको शीर्ष स्थानमा छ । पिएसजीको २१ खेलबाट ५० अङ्क छ । पिएसजीभन्दा एक खेल बढी खेलेको नाइस ४२ अङ्कको साथ दोस्रो स्थानमा छ ।

प्रकाशित समय: आईतबार ९ माघ, २०७८, २१:४६:१८
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०