पेरिस सेन्ट जर्मेन (पिएसजी)का अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीलाई कोरोना संक्रमण देखिएको छ ।
पिएसजीले आज जारी गरेको विज्ञप्ति अनुसार मेस्सीसँगै अन्य तीन खेलाडीमा कोरोना संक्रमण देखिएको हो । संक्रमित हुने अन्य तीन जनामा टोलीका लेफ्ट ब्याक जुआन बर्नाट, गोलरक्षक सर्जिओ रिको र मिडफिल्डर नाथान बिटुमाजाला रहेका छन् ।
फ्रान्सेली लिग लिग वानको शीर्ष स्थानमा रहेको पिएसजीले भोलि (साेमबार) १३औं स्थानको लियोनसँग प्रतिष्पर्धा गर्दैछ । लियोनले यसअघि नै आफ्ना सात खेलाडीमा कोरोना संक्रमण देखिएको बताइसकेको छ ।