बार्सिलोना, रियल, सिटी, चेल्सी, पिएसजीः हालान्डको भविष्य कहाँ ?

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ७ माघ, २०७८
५ वर्षअघि
बार्सिलोना, रियल, सिटी, चेल्सी, पिएसजीः हालान्डको भविष्य कहाँ ?

फुटबल जगतका लागि एर्लिङ हालान्ड नयाँ नाम हैन । नर्वेजियन स्टार हालान्ड विश्वस्तरीय खेलाडीको सूचीमा शीर्ष स्थान पर्छन् ।

यीनै २१ वर्षे युवा स्टारलाई आ–आफ्नो क्लबमा भित्र्याउन विश्वभरका चर्चित क्लबहरू प्रतिस्पर्धामा छन् ।

तीमध्ये दुई स्पेनिस क्लब रियल मड्रिड र बार्सिलोना हात धोएर हालान्डकाे पछि लागि परेका छन् ।

आर्थिक सङ्कटका कारण क्लबमा निम्तिएको समस्याले आफ्ना स्टार खेलाडी लियोनल मेस्सीलाई क्लबबाट बिदा गर्न बाध्य बनेको बार्सिलोना यतिबेला जसरी भएपनि हालान्डलाई क्लबमा ल्याउन लागि परेको छ ।

जर्मन लिग बुन्डेसलिगामा बोरुसिया डर्टमन्डबाट व्यवसायीक फुटबल खेलिरहेका हालान्डलाई बार्सिलोनामा ल्याउन क्लबका अध्यक्ष जौन लापोर्टा कसरत गरिरहेका छन् ।

तर बार्सिलोनाको परिचित प्रतिद्वन्द्वी रियल मड्रिड पनि हालान्डलाई क्लबमा अनुबन्ध गर्न सङ्घर्ष गरिरहेको छ । तर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड केलियन एमबाप्पे र हालान्डमध्ये कसलाई भित्र्याउने भन्नेबारे रियलले निर्णय गर्न सकिरहेको छैन ।

रियल र बार्सिलोनाले हालान्डलाई क्लबमा ल्याउने तीव्र चाहना देखाइरहेको बेला इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र चेल्सीको नजर पनि नर्वेजियन स्टारमा केन्द्रीत छ । यी चारबाहेक पिएसजीले पनि हालान्डलाई पिछा गरिरहेको छ ।

फ्रान्सेली स्टार एमबाप्पेले क्लब छाडे मेस्सी र नेयमारसँगै हालान्डलाई आफ्नो क्लबको आक्रमण पङ्क्तिको जिम्मेवारी दिने तयारीमा पिएसजी छ ।

रेडबुल स्लास्बर्गबाट सन् २०२० को सिजनमा डर्टमन्ड आएका हालान्डले ८२ खेलमा ७९ गोल गरिसकेका छन् । गोल गर्नबाहेक अवसर सिर्जना गर्न पनि माहिर हालान्डको नाममा बोरुसियाका लागि २८ असिस्ट छन् ।

क्लब फुटबलबाहेक राष्ट्रिय टोलीका समेत नियमित सदस्य रहेका हालान्डले सिनियर टोलीबाट डेब्यु गरेयता खेलेका १५ खेलमा १२ गोल गरिसकेका छन् ।

प्रकाशित समय: शुक्रबार ७ माघ, २०७८, १४:५३:०१
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०