‘गर या मर’को स्थितीमा इडेन हाजार्ड

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ६ माघ, २०७८
४ वर्षअघि
इडेन हाजार्डकाे रियल बसाइँ कष्टकर

कुनै बेलाका प्राइम इडेन हाजार्डलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरिन्थ्यो ।

अझ भनौँ रोनाल्डो र मेस्सीपछि हाजार्डले विश्व फुटबलमा यी दुईको स्थानलाई परिपूर्ति गर्न सक्छन् भन्ने मान्निथ्याे । तर इंग्लिस क्लब चेल्सी छाडेर रियल मड्रिडबाट स्पेनिस ला लिगा खेल्न आएका हाजार्ड हाल गुमनाम जस्तै छन् ।

जिनेदिन जिदानको योजना अनुसार रियल आएका उनी चोटग्रस्त भएसँगै लामो समय मैदान बाहिर रहे । तर मैदान फर्किएपछि पनि उनले चेल्सीको जस्तो स्तरीय खेल कौशल प्रदर्शन गर्न सकेका छैन् ।

एक त उनको प्रदर्शन सन्तोषजनक नहुनु र रियलमा अर्कै प्रशिक्षक आउनुले उनको भविष्यमा अनिश्चित बनेको छ ।

स्पेनिस पत्रिका मार्काका अनुसार हाजार्ड रियलका नयाँ प्रशिक्षक कार्लो एन्सेलोटीको यस सिजनको योजनामा छैनन् र उनलाई क्लबले जनवरी महिनाभित्रै अलग गर्न चाहन्छ ।

सन् २०२२ को पहिलो उपाधि रियलले जित्दा हार्जाड टोलीमा रहे पनि उनले सेमिफाइनल र फाइनलका दुवै खेल खेलेनन् ।

एथ्लेटिक क्लबलाई २–० ले हराउँदै रियलले उपाधि जित्दा उनले गलामा विजेताको मेडल भिरे पनि अनुहारमा चमक देखिएको थिएन । विजयी टोलीमा रहँदा पनि हाजार्ड निराश भएको फोटो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।

आफ्नो योजनामा हाजार्ड नरहेकाले एन्सेलोटीले रियललाई हाजार्डलाई व्यवस्थापन गर्न आग्रह गरिसकेका छन् । तर हाजार्डलाई बाँकी सिजनका लागि तलब दिएर खेलाउन सक्ने क्लब भेट्न रियललाई हम्मे परिरहेको छ ।

हाजार्डले कसैलाई कुनै समस्या नदिएका भएपनि मैदानमा उनले गरेको प्रदर्शनका कारण रियलसँगको उनको यात्रा टुङ्गिने निश्चित छ ।

कुनै बेला फ्लप मानिएका भिनिसियस जुनियरले आफूलाई उत्कृष्ट साबित गर्दै सोही अनुसारको प्रदर्शन गर्नुले हाजार्डको रियल बसाइँलाई झनै असहज बनाइदिएको छ ।

त्यसमाथि प्रशिक्षक एन्सेलोटीको नजरमा मार्काे एसेन्सियो र युवा खेलाडी रोड्रिगो पर्नुले हाजार्डको रियलसँगको यात्रामा पूर्णविराम लागेको विश्लेषण गरिएको छ ।

रियलले गेटाफे, काडिज, एथ्लेटिक क्लब र अल्कोयानोविरुद्ध पछिल्ला खेलेका खेलमा हाजार्डलाई स्थान दिइए पनि उनको प्रदर्शनबाट प्रशिक्षक सन्तुष्ट हुन सकिरहेका छैनन् ।

तर हाजार्डलाई अझै रियलका प्रशिक्षक र अफिसियलको विश्वास जित्ने मौका बाँकी नै छ ।

कोपा डेल रे अन्तर्गतको अन्तिम १६ को खेलमा आज रियल एल्चेविरुद्ध मैदान उत्रँदैछ । ग्यारेथ बेल टोलीमा नहुनु र एसेन्सियो चोटग्रस्त हुनुले हाजार्डले सुरुवाती ११ मा मौका पाउने निश्चित छ ।

आजको खेलमा हाजार्डले आफ्नो जादु देखाउन सके उनको रियल बसाइँ लम्बिन सक्नेछ तर आजको खेलमा पनि हाजार्डले प्रशिक्षकलाई सन्तुष्ट बनाउन नसके अबको केही दिनभित्रै उनको बारे क्लबले ठोस निर्णय लिने निश्चित छ ।

प्रकाशित समय: बिहिबार ६ माघ, २०७८, २२:२२:४९
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश
सोमबार ११ जेठ, २०८३
न्यायाधीशको सम्पत्ति छानबिन गर्नुपर्ने सांसद् न्यौपानेको माग
सोमबार ११ जेठ, २०८३
दुर्गा प्रसाईं विरुद्ध पर्सा जिल्ला अदालतमा अभियोग पत्र दायर
सोमबार ११ जेठ, २०८३
भूमि मन्त्रालयअन्तर्गत १३ अर्बभन्दा बढी बेरुजु, फर्छ्यौट सुस्त
सोमबार ११ जेठ, २०८३
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्धको पक्राउ पुर्जी सम्बन्धी रिट आज सुनुवाइमा
सोमबार ११ जेठ, २०८३
सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया हटाउने तयारीप्रति बार अध्यक्ष मिश्रको आपत्ति
सोमबार ११ जेठ, २०८३
भैँसी खेतमा पसेको निहुँमा दलित महिलामाथि कुटपिट
सोमबार ११ जेठ, २०८३
मोबाइल चार्ज गर्ने बहानामा बुहारीको कोठा पसेका जेठाजुलाई लाग्यो बलात्कार आरोप, ससुरा फरार
सोमबार ११ जेठ, २०८३
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ
आईतबार १० जेठ, २०८३
‘फुटेर होइन, जुटेर नै कांग्रेस र देश बलियो हुन्छ’
आईतबार १० जेठ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०