स्पेनिस सुपर कपः ६४ वर्षपछि फाइनलमा भिड्दै रियल र एथ्लेटिक

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २ माघ, २०७८
५ वर्षअघि

स्पेनिस सुपर कपको फाइनलमा आज राती रियल मड्रिड र एथ्लेटिक क्लब भिड्दैछन ।

रियादस्थित किङ फहाद अन्तर्राष्ट्रिय रङ्गशालामा हुने फाइनल खेल राती १२ः१५ मा सुरु हुनेछ । बार्सिलोनालाई हराउँदै रियल फाइनलमा पुग्दा एथ्लेटिकले एट्लेटिको मड्रिडलाई पाखा लगाएको थियो ।

Advertisement

सिजनको पहिलो उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रदा दुवै टोली ६४ वर्षपछि फाइनलमा भिड्दै हुनेछन् । सन् १९५८ को कोपा डेल रेमा यी दुईबीच पछिल्लो पटक फाइनलमा भेट भएको थियो ।

सो खेलमा एथ्लेटिकले रियललाई २–० ले स्तब्ध बनाएको थियो । त्यसयता युरोपका थुप्रै प्रतियोगितामा यी दुईबीच भेट भएपनि फाइनलमा भने ६ दशकपछि एथ्लेटिक र रियल खेल्न लागेका हुन् ।

फाइनलअघि प्रि–म्याच कन्फरेन्समा सहभागी भएका दुवै टोलीका प्रशिक्षकले एकअर्कालाई जितकाे शुभकामना दिएका थिए । एकअर्काविरुद्ध खेलाडीका रुपमा समेत आमनेसामने भइसकेका रियलका प्रशिक्षक एन्सेलोटी र एथ्लेटिकका मार्सेलिनोमध्ये कसको रणनीति आज रियादमा सफल हुने हो त्यसको लागि मैदानमा हुने खेलको अन्तिम नतिजा कुर्नुपर्ने हुन्छ ।

३० हजार समर्थकको अघि हुने फाइनलका लागि दुवै टोलीका प्रशिक्षकले एकअर्काविरुद्ध रणनीति बनाइसकेको बताएका छन् ।

परिमार्जनसहितको काउन्टर अट्याकिङ फुटबल पस्किने तयारी रियलका प्रशिक्षक एन्सेलोटीले गरिरहँदा मार्सेलिनो त्यसका लागि तयार रहेका छन् ।

अघिल्लो संस्करणको स्पेनिस सुपर कपको विजेता समेत रहेको एथ्लेटिक यस संस्करणमा समेत उपाधि जित्न चाहन्छ । आजको फाइनलमा रियललाई हराए एथ्लेटिकले चौथो पटक स्पेनिस सुपर कपको उपाधि जित्नेछ ।

प्रतियोगिताको उपाधि सबैभन्दा धेरै पटक बार्सिलोनाले (१३ पटक) जित्दा एथ्लेटिकको आजको प्रतिद्वन्द्वी रियलले भने ११ पटक जितेको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०