अनुमान होइन विज्ञान हो विपत्तिको समाधान

पवन खड्का
बिहिबार ११ भदौ, २०८३
१ हप्ताअघि

विराटनगर । पछिल्ला विपद्का घटनाले सिंगो देशलाई स्तब्ध र शोकमग्न बनाएको छ। यस्तो अवस्थामा विपद्लाई केवल दुःख र समवेदनाको विषय बनाएर टुंग्याउने अवस्था छैन। हरेक घटनाको कारण खोजिनुपर्छ। नेपालमा बारम्बार दोहोरिइरहेका विपद्का घटनाको वैज्ञानिक विश्लेषण गर्दै दीर्घकालीन समाधान खोज्नु अपरिहार्य भइसकेको छ।

नेपालमा विशेषगरी भदौ, असोज र कार्तिक महिनाको आसपास प्राकृतिक विपद्का घटनाले ठूलो क्षति पुर्‍याउँदै आएका छन्। मुख्य चाडपर्वको समयमै बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपले नेपाली समाजलाई त्राहीमाम र शोकमग्न बनाउने गरेको देखिन्छ। गत वर्ष भदौ २३–२४ मा भएको घटना मानवीय कारणले सिर्जित कृत्रिम विपत्तिको उदाहरण थियो। त्यसअघिका वर्षहरूमा पनि यही अवधिको आसपास नेपालले अकल्पनीय प्राकृतिक विपत्तिको सामना गर्दै आएको छ। प्रश्न अब विपत्ति किन आयो भन्ने मात्र होइन, विगतका विपत्तिबाट के सिकियो भन्ने पनि हो।

प्राकृतिक विपत्तिलाई ‘दशा बाजा बजाएर आउँदैन’ भनेर व्याख्या गरेर राज्य आफ्नो जिम्मेवारीबाट उम्किन मिल्दैन। भूकम्प, बाढी, पहिरो, डुबान वा अन्य प्राकृतिक प्रकोप पूर्ण रूपमा रोक्न नसकिए पनि तिनको सम्भावित जोखिम पहिचान गर्न, पूर्वानुमान गर्न र क्षति न्यूनीकरण गर्न सकिन्छ। विज्ञान र प्रविधिको विकासले विपद्को सम्भावित जोखिमबारे पूर्वआकलन गर्ने पर्याप्त आधार दिएको छ। त्यसैले विपद् आएपछि उद्धार र राहतमा मात्र केन्द्रित हुने पुरानो शैलीबाट बाहिर निस्केर जोखिम न्यूनीकरण र पूर्वतयारीलाई राज्यको मूल नीतिमा राख्नुपर्ने समय आएको छ।

नेपालको भौगोलिक संरचना आफैंमा उच्च जोखिमयुक्त छ। हिमाल, पहाड र तराईको भिन्न भौगोलिक अवस्था, कमजोर भू–बनोट, तीव्र वर्षा, नदी प्रणाली र अव्यवस्थित पूर्वाधार विकासले जोखिमलाई थप जटिल बनाएका छन्। अझ पहाडी क्षेत्रमा सडक, बस्ती र पूर्वाधार निर्माण गर्दा भौगर्भिक अवस्थाको पर्याप्त अध्ययन नगरिने प्रवृत्तिले प्राकृतिक जोखिमलाई मानवीय जोखिममा समेत रूपान्तरण गरिरहेको छ।

नदीको तटीय क्षेत्र र बाढीको सम्भावित बहाव क्षेत्रमा अनियन्त्रित बस्ती विस्तार गर्नु गम्भीर कमजोरी हो। कतिपय मानिस बाध्यताले नदी किनारमा बस्न पुगेका छन् भने कतिपय ठाउँमा अव्यवस्थित सहरीकरण र भूमिको गलत प्रयोगले जोखिम बढाएको छ। त्यसैले नदीको प्राकृतिक बहाव क्षेत्र, बाढी सम्भावित क्षेत्र र जोखिमयुक्त भूभागको वैज्ञानिक नक्सांकन गरेर त्यस्ता क्षेत्रमा नयाँ बस्ती विस्तारमा कडाइ गर्न आवश्यक छ। जोखिममा रहेका बस्तीको स्थानान्तरण, सुरक्षित आवासको व्यवस्था र स्थानीय तहसँगको समन्वयमा दीर्घकालीन पुनर्वास नीति पनि आवश्यक छ।

नेपाल विशेषतः पहाडी मुलुक भएकाले पहाडी तथा हिमाली क्षेत्रको जोखिमलाई अलग ढंगले अध्ययन गर्नुपर्छ। प्राकृतिक सौन्दर्यका कारण महत्वपूर्ण पर्यटकीय गन्तव्य पनि प्रायः पहाडी तथा हिमाली क्षेत्रमा छन्। ग्रामीण क्षेत्रका नागरिकले शिक्षा, स्वास्थ्य, रोजगारी र दैनिक जीवनका लागि समेत यिनै जोखिमयुक्त भूभाग हुँदै यात्रा गर्नुपर्ने बाध्यता छ। यसले विपद्का बेला मानवीय क्षतिको सम्भावना अझ बढाउँछ।

यसका लागि सरकार एक्लैले सबै काम गर्न सक्दैन। स्थानीय तह, विज्ञ, विश्वविद्यालय, नागरिक समाज, सञ्चारमाध्यम र नागरिकबीच सहकार्य आवश्यक छ। भूगर्भविद्, जलविज्ञानी, मौसमविद्, इन्जिनियर तथा विपद् व्यवस्थापनका विज्ञको अध्ययनलाई राज्यको नीति निर्माणसँग जोडिनुपर्छ। प्रत्येक स्थानीय तहले आफ्नो क्षेत्रमा बाढी, पहिरो, डुबान, भूकम्पलगायतका जोखिमको वैज्ञानिक प्रोफाइल तयार गर्नुपर्छ। जोखिमको नक्सांकनसँगै पूर्वसूचना प्रणाली, सुरक्षित खुला क्षेत्र, उद्धार मार्ग र आपत्कालीन संरचनाको विकास गर्नुपर्छ।

तराईको समथर भूभाग तुलनात्मक रूपमा फरक प्रकृतिको जोखिममा भए पनि पहाडी र हिमाली क्षेत्रमा भौगोलिक जोखिम अझ जटिल छ। त्यसैले विपद् व्यवस्थापनमा भौगोलिक क्षेत्रअनुसार फरक रणनीति आवश्यक छ। हिमाली क्षेत्रमा हिमपहिरो, हिमताल विस्फोट र पहिरोका जोखिम, पहाडी क्षेत्रमा पहिरो तथा सडक अवरोधका जोखिम र तराईमा बाढी तथा डुबानका जोखिमलाई छुट्टाछुट्टै अध्ययन गरेर योजना बनाउनुपर्छ।

सबैभन्दा महत्वपूर्ण कुरा, विपद् व्यवस्थापनलाई राहत वितरणको विषयबाट विकास नीतिको विषयमा रूपान्तरण गर्नुपर्छ। विपत्ति आएपछि हेलिकोप्टर पठाउने, खाद्यान्न बाँड्ने र क्षतिपूर्ति दिने काम आवश्यक भए पनि त्यो दीर्घकालीन समाधान होइन। वास्तविक समाधान भनेको विपत्ति आउनुअघि जोखिम पहिचान गर्नु, जोखिमयुक्त बस्ती र संरचना व्यवस्थापन गर्नु, पूर्वसूचना प्रणाली बलियो बनाउनु र नागरिकलाई सुरक्षित बनाउनु हो।

अहिलेको सरकारले आफू गफ होइन, काम गर्न आएको दाबी गर्दै आएको छ। त्यसैले विपद् व्यवस्थापनमा पनि त्यसको परीक्षा यहीँबाट सुरु हुन्छ। भाषण र आश्वासनभन्दा वैज्ञानिक अध्ययन, जोखिम नक्सांकन, सुरक्षित बस्ती विकास, पूर्वसूचना प्रणाली र प्रभावकारी उद्धार संयन्त्र निर्माणमा देखिने काम आवश्यक छ। बारम्बार उही प्रकृतिका विपत्तिमा उही ठाउँका मानिसले उही पीडा भोगिरहनुपर्ने अवस्था अन्त्य गर्न सकिएन भने विगतका विपत्तिबाट कुनै पाठ सिकिएन भन्ने अर्थ लाग्नेछ।

प्राकृतिक विपत्ति प्रकृतिको हिस्सा हो, तर त्यसबाट हुने ठूलो मानवीय क्षति सधैं प्राकृतिक नियति मात्र हुँदैन। अव्यवस्थित बस्ती, कमजोर पूर्वाधार, जोखिमयुक्त क्षेत्रमा निर्माण, कमजोर पूर्वसूचना र राज्यको अपर्याप्त तयारीले प्राकृतिक घटनालाई महाविपत्तिमा परिणत गर्न सक्छ। त्यसैले अहिलेको आवश्यकता शोकमा सीमित हुनु होइन; शोकलाई नीति र सुधारको शक्तिमा बदल्नु हो। नेपालले विपद्लाई नियति मानेर बस्ने होइन, विज्ञानको आधारमा जोखिम पहिचान गर्ने, पूर्वतयारी गर्ने र सम्भावित क्षति न्यूनीकरण गर्ने राज्य निर्माण गर्नुपर्छ। ढिला भइसकेको छ, तर अझै पनि सुधार गर्ने समय बाँकी छ।

प्रकाशित समय: बिहिबार ११ भदौ, २०८३, १९:१८:४७

सम्बन्धित खबर

विश्व स्वास्थ्य सङ्गठनले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि औषधि र स्वास्थ्य उपकरण पठाउने

बुधबार १० भदौ, २०८३
१ हप्ताअघि

भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

आईतबार १० साउन, २०८३
१ महिनाअघि

किसानको संघर्ष र युवाको भावना बोल्ने ‘फिल्म अस्त्र’को ‘कर्न बारी’ युट्युवमा

शुक्रबार ८ साउन, २०८३
१ महिनाअघि

शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल फेरि पक्राउ

बुधबार ६ साउन, २०८३
१ महिनाअघि

पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : डा. रामशरण महतको मुद्दा मुल्तवी गर्न विशेष अदालतको अस्वीकार

मङ्गलबार ५ साउन, २०८३
२ महिनाअघि

कोशीमा धान रोपाइँ सुस्त, असारको अन्त्यसम्म ५५ प्रतिशत मात्रै सम्पन्न

बिहिबार ३२ असार, २०८३
२ महिनाअघि
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
आज राष्ट्रिय सभा बैठक बस्दै, भोटेकोशी बाढीबारे छलफल हुने
मङ्गलबार १६ भदौ, २०८३
केरुङ पहिरोमा ज्यान गुमाउने र बेपत्ताको सम्झनामा चीनमा शोक सभा
मङ्गलबार १६ भदौ, २०८३
भोटेकोशीको जोखिम निगरानी गर्न नेपाल–चीन सीमामा सिसी क्यामेरा जडान
सोमबार १५ भदौ, २०८३
सन्दीपको घातक बलिङमा नेपाल विजयी, बहराइनमाथि ७ विकेटको शानदार जित
सोमबार १५ भदौ, २०८३
बाढी–पहिरो प्रभावितका लागि चीनको ५० टन राहत सामग्री नेपाल आइपुग्यो
आईतबार १४ भदौ, २०८३
नेपालका बाढीपीडितका लागि अमेरिकाले ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने
आईतबार १४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०