भारतमा जस्तै नेपालमा पनि ‘पेपर लिक’, त्रिविको प्रश्नपत्र ६ मिनेटमै बाहिरिएपछि शिक्षा प्रणालीमाथि उठ्यो गम्भीर प्रश्न

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १० साउन, २०८३
१ महिनाअघि

भारतमा मेडिकल प्रवेश परीक्षा NEET को प्रश्नपत्र चुहावट प्रकरणले कयौं दिनसम्म देशव्यापी आन्दोलन चर्कियो। लाखौं विद्यार्थी सडकमा उत्रिए, संसददेखि सर्वोच्च अदालतसम्म बहस पुग्यो र परीक्षा प्रणालीको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठ्यो। त्यस घटनाको राजनीतिक प्रभाव यति गहिरो बन्यो कि तत्कालीन शिक्षामन्त्री धर्मेन्द्र प्रधानमाथि नैतिक जिम्मेवारी लिँदै राजीनामा दिनुपर्ने दबाब समेत सिर्जना भयो। प्रश्नपत्र चुहावटलाई लिएर भारतभर व्यापक छानबिन, गिरफ्तारी र परीक्षा प्रणाली सुधारको बहस अझै जारी छ।

भारतको घटना सेलाउन नपाउँदै नेपालमा पनि त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा सुरु भएको केवल ६ मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नेपालको शिक्षा प्रणालीमाथि पनि गम्भीर प्रश्न उठ्न थालेको छ।

गत शुक्रबार सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टर अन्तर्गतको परीक्षाको प्रश्नपत्र ह्वाट्सएपमार्फत सार्वजनिक भएपछि त्रिभुवन विश्वविद्यालयले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई घटनाको छानबिन गरी दोषी पहिचान तथा आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जिम्मेवारी दिइएको छ।

यसैबीच, प्रश्नपत्र बाहिर ल्याउने कार्यमा संलग्न रहेको आरोपमा ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

घटनापछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले समेत गम्भीर ध्यानाकर्षण जनाएको छ। साइबर ब्युरोमा उजुरी परेपछि प्रश्नपत्र कसरी बाहिरियो, त्यसमा कसको संलग्नता थियो र सामाजिक सञ्जालमा कसरी फैलाइयो भन्ने विषयमा अनुसन्धान तीव्र पारिएको छ। परीक्षाको मर्यादा, निष्पक्षता र विश्वसनीयता कायम राख्न दोषीमाथि कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जनाइएको छ।

यो घटनाले भारतको NEET प्रश्नपत्र चुहावट प्रकरणको सम्झना गराएको छ। भारतमा प्रश्नपत्र चुहावटपछि लाखौँ विद्यार्थी प्रभावित भएका थिए भने देशभर आन्दोलन, राजनीतिक दबाब र निष्पक्ष छानबिनको माग चर्किएको थियो। त्यस घटनाले त्यहाँको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको थियो।

नेपालमा पनि अहिले देखिएको घटनाले परीक्षा सुरक्षाको प्रभावकारिता, परीक्षा केन्द्रको निगरानी प्रणाली र प्रश्नपत्रको गोपनीयता जोगाउने संयन्त्रमाथि प्रश्न खडा गरेको छ। अब छानबिन समितिको प्रतिवेदन र प्रहरी अनुसन्धानले यो सामान्य लापरबाही थियो वा संगठित रूपमा गरिएको प्रश्नपत्र बाहिरिने घटना थियो भन्ने स्पष्ट पार्न आवश्यक छ ।

प्रकाशित समय: आईतबार १० साउन, २०८३, १४:०८:३०

सम्बन्धित खबर

रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते

सोमबार २२ भदौ, २०८३
२ घण्टाअघि

ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित

सोमबार २२ भदौ, २०८३
६ घण्टाअघि

बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट

सोमबार २२ भदौ, २०८३
६ घण्टाअघि

दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 

आईतबार २१ भदौ, २०८३
१९ घण्टाअघि

क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ

आईतबार २१ भदौ, २०८३
१ दिनअघि

अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो

शुक्रबार १९ भदौ, २०८३
३ दिनअघि
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग
बिहिबार १८ भदौ, २०८३
भोटेकोशी बाढीमा बेपत्ता नागरिकका आफन्तलाई डीएनए परीक्षण गराउन प्रहरीको आग्रह
बिहिबार १८ भदौ, २०८३
दुहबीमा कृष्ण जन्माष्टमीको रथयात्रा : ५० हजार भक्तजन आउने, सुरक्षा व्यवस्थामा विशेष तयारी
मङ्गलबार १६ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०