विश्वकपमा पोर्चुगलको दोस्रो परीक्षा, रोनाल्डोलाई रेकर्ड बनाउने मौका

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार ९ असार, २०८३
३ महिनाअघि

विराटनगर । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ मा आज पोर्चुगल र उज्बेकिस्तानबीच महत्त्वपूर्ण प्रतिस्पर्धा हुँदैछ । ह्युस्टन स्टेडियममा हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा मैदान उत्रिँदैछन् ।

उद्घाटन खेलमा डीआर कंगोसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगलमाथि जित निकाल्ने दबाब छ । रोबर्टो मार्टिनेजको टोलीले पहिलो खेलमा ७५ प्रतिशत बल नियन्त्रण राखे पनि अपेक्षाअनुसार आक्रमणमा धार देखाउन सकेको थिएन । त्यसैले समूह चरण पार गर्ने सम्भावना बलियो बनाउन पोर्चुगललाई आजको खेल जित्नैपर्ने अवस्था छ ।

Advertisement

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले विश्वकपको आफ्नो छैटौं सहभागितामा पहिलो गोलको खोजी गरिरहेका छन् । ब्रुनो फर्नान्डेस, बर्नार्डो सिल्भा, भिटिन्हा, नुनो मेन्डेस र जोआओ नेभेसजस्ता स्टार खेलाडीबाट पनि टोलीले उच्च प्रदर्शनको अपेक्षा गरेको छ । रोनाल्डोलाई विश्राम दिने वा सुरुआती टोलीमै राख्नेबारे चर्चा भए पनि प्रशिक्षक मार्टिनेजले अन्तिम निर्णय गोप्य राखेका छन् ।

यता पहिलोपटक विश्वकप खेलिरहेको उज्बेकिस्तान पनि अंकविहीन छ । पहिलो खेलमा कोलम्बियासँग ३–१ ले पराजित भएको टोली आजको खेलबाट पुनरागमन गर्ने लक्ष्यमा छ । विश्वविजेता पूर्वकप्तान फाबियो कानाभारोको प्रशिक्षणमा रहेको उज्बेकिस्तानसँग एल्डोर शोमुरोदोभ, अब्दुकोदिर खुसानोभ र अब्बोसबेक फैजुल्लायेभजस्ता प्रभावशाली खेलाडी छन् ।

समूह ‘के’ मा कोलम्बिया शीर्ष स्थानमा रहेकाले पोर्चुगल र उज्बेकिस्तान दुवैका लागि आजको खेल निर्णायक मानिएको छ । पोर्चुगल कागजमा बलियो देखिए पनि पहिलो खेलमा देखिएको फितलो प्रदर्शन दोहोरिए उज्बेकिस्तानले अर्को आश्चर्यजनक नतिजा निकाल्न सक्ने सम्भावना पनि रहेको छ ।

पोर्चुगलका लागि अनुभव र स्टार खेलाडीहरूको क्षमता मुख्य बल हो भने उज्बेकिस्तान तीव्र काउन्टर आक्रमण र युवा ऊर्जाको भरमा इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रिनेछ । आजको खेलको नतिजाले समूह ‘के’ को समीकरणमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०