स्वीडेनको पोस्टमा नेदरल्यान्ड्सको पाँच गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ असार, २०८३
३ महिनाअघि

एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ ले पराजित गर्दै शानदार पुनरागमन गरेको छ।

पहिलो खेलमा जापानसँग २–२ को बराबरीमा रोकिएको डच टोलीले ह्युस्टनमा भएको खेलमा स्वीडेनमाथि गोलको वर्षा गर्दै नकआउट चरणतर्फ बलियो कदम चालेको हो।

Advertisement

नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोबेले खेलको पाँचौं र १७औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुमै कोडी गाक्पोले सात मिनेटको अन्तरमा दुई गोल थपेपछि स्वीडेन दबाबमा परेको थियो। स्वीडेनका एन्थोनी एलाङ्गाले ५९औँ मिनेटमा सान्त्वना गोल फर्काए पनि खेलमा फर्कन सकेनन्।

अन्त्यतिर क्रिसेन्सियो समरभिलले अर्को गोल थप्दै नेदरल्यान्ड्सको ५–१ को सहज जित सुनिश्चित गरे।

प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो खेलको निराशाजनक बराबरीपछि टोलीले उत्कृष्ट प्रतिक्रिया दिएको बताए।

उनले खेलाडीहरूले दबाब महसुस नगरी उच्च स्तरको प्रदर्शन गरेको भन्दै प्रशंसा गरेका छन्।

यस जितसँगै नेदरल्यान्ड्सले समूह ‘एफ’ मा चार अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ।

पहिलो खेलमा ट्युनिसियामाथि ५–१ को जित निकालेको स्वीडेन भने तीन अंकसहित दोस्रो स्थानमा रहेको छ।

अन्तिम समूह खेलअघि गोलअन्तरमा समेत नेदरल्यान्ड्सले स्पष्ट फाइदा बनाएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०