जर्मनी नकआउट चरणमा, डेनिजको दुई गोल

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ७ असार, २०८३
३ महिनाअघि

एजेन्सी । चार पटकको विश्वविजेता जर्मनीले फिफा विश्वकप २०२६ को समूह ‘ई’ अन्तर्गत आइभोरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम ३२ अर्थात् नकआउट चरणमा स्थान सुरक्षित गरेको छ।

टोरन्टो स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआतमा पछि परेको जर्मनीले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै लगातार दोस्रो जित निकालेको हो। यससँगै जर्मनीले दुई खेलबाट ६ अंक जोड्दै समूह चरणको एक खेल बाँकी रहँदै नकआउट यात्रा तय गरेको छ।

Advertisement

आइभोरी कोस्टले पहिलो हाफमा फ्रान्क केसीको गोलमार्फत अग्रता लिएको थियो। जर्मनीका दुई गोल अफसाइडका कारण मान्यता नपाएपछि पहिलो हाफमा उनीहरू दबाबमा परेका थिए। तर प्रशिक्षक जुलियन नागेल्समानले दोस्रो हाफमा गरेका परिवर्तन निर्णायक बने।

बेन्चबाट मैदान प्रवेश गरेका डेनिज उन्डाभ खेलका नायक बने। उनले ६८औँ मिनेटमा बराबरी गोल गर्दै जर्मनीलाई खेलमा फर्काए भने इन्जुरी समयमा अर्को गोल थप्दै टोलीलाई महत्वपूर्ण जित दिलाए। उन्डाभको यो प्रदर्शनसँगै जर्मनी सन् २०१४ पछि पहिलो पटक विश्वकपको नकआउट चरणमा पुगेको हो।

जितपछि प्रशिक्षक नागेल्समानले आफ्नो टोलीले कठिन परिस्थितिमा चरित्र देखाएको भन्दै खेलाडीहरूको प्रशंसा गरेका छन्। उनले टोलीको लक्ष्य अब समूह विजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गर्ने रहेको बताएका छन्।

समूह ‘ई’ मा जर्मनी ६ अंकसहित शीर्ष स्थानमा छ भने पहिलो खेलमा इक्वेडरलाई हराएको आइभोरी कोस्ट तीन अंकसहित दोस्रो स्थानमा रहेको छ। जर्मनीले अन्तिम समूह खेलमा इक्वेडरसँग खेल्नेछ भने आइभोरी कोस्टले कुरासाओको सामना गर्नेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०