एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ जेठ, २०८३
४ महिनाअघि

एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको हो। सुरुआती विकेटहरू गुमाए पनि कप्तान इन्दु बर्माको जिम्मेवार इनिङ्स र कविता कुँवरको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलसम्म पुर्‍याएको हो।

Advertisement

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४६ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने कविता कुँवरले मात्र १५ बलमा ३३ रन जोड्दै टोलीको स्कोर उकासिन्। १८ ओभरसम्म ५ विकेट गुमाएर ९२ रन बनाएको नेपालले अन्तिम दुई ओभरमा ३४ रन थप्दै मलेसियामाथि दबाब सिर्जना गरेको थियो।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ विकेट लिइन् भने आइसा एलिसा र माहिरा इजातीले समान १–१ विकेट हात पारे।

यो खेल नेपालको लागि निकै महत्वपूर्ण मानिएको छ। यदि नेपालले मलेसियालाई पराजित गर्न सफल भयो भने टोली सिधै आगामी एसियन गेम्सका लागि छनोट हुनेछ।

यसअघि भएको पहिलो सेमिफाइनलमा थाइल्यान्ड ले चीन लाई पराजित गर्दै फाइनलमा स्थान बनाउनुका साथै एसियन गेम्सको टिकट समेत सुरक्षित गरिसकेको छ।

नेपाल यो खेलमा पराजित भए पनि एसियन गेम्स पुग्ने सम्भावना समाप्त हुने छैन। तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई हराउन सके नेपालले पनि एसियन गेम्समा स्थान बनाउन सक्नेछ।

यससँगै अहिले सबैको ध्यान मलेसियाविरुद्धको दोस्रो इनिङ्समा केन्द्रित भएको छ, जहाँ नेपाल ऐतिहासिक उपलब्धिको नजिक पुगेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०