एसियन गेम्स छनोट: सेमिफाइनलमा मलेसिया सामु नेपालको १२७ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शनिवार १६ जेठ, २०८३
५ महिनाअघि

एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत दोस्रो सेमिफाइनलमा नेपालले मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ।

मलेसियाको बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनाएको हो। सुरुआती विकेटहरू गुमाए पनि कप्तान इन्दु बर्माको जिम्मेवार इनिङ्स र कविता कुँवरको आक्रामक ब्याटिङले नेपाललाई सम्मानजनक योगफलसम्म पुर्‍याएको हो।

Advertisement

नेपालका लागि कप्तान इन्दु बर्माले अविजित ४६ रनको उत्कृष्ट इनिङ्स खेलिन् भने कविता कुँवरले मात्र १५ बलमा ३३ रन जोड्दै टोलीको स्कोर उकासिन्। १८ ओभरसम्म ५ विकेट गुमाएर ९२ रन बनाएको नेपालले अन्तिम दुई ओभरमा ३४ रन थप्दै मलेसियामाथि दबाब सिर्जना गरेको थियो।

मलेसियाका लागि विनिफ्रेड दुराइसिंगामले २ विकेट लिइन् भने आइसा एलिसा र माहिरा इजातीले समान १–१ विकेट हात पारे।

यो खेल नेपालको लागि निकै महत्वपूर्ण मानिएको छ। यदि नेपालले मलेसियालाई पराजित गर्न सफल भयो भने टोली सिधै आगामी एसियन गेम्सका लागि छनोट हुनेछ।

यसअघि भएको पहिलो सेमिफाइनलमा थाइल्यान्ड ले चीन लाई पराजित गर्दै फाइनलमा स्थान बनाउनुका साथै एसियन गेम्सको टिकट समेत सुरक्षित गरिसकेको छ।

नेपाल यो खेलमा पराजित भए पनि एसियन गेम्स पुग्ने सम्भावना समाप्त हुने छैन। तेस्रो स्थानका लागि हुने खेलमा चीनलाई हराउन सके नेपालले पनि एसियन गेम्समा स्थान बनाउन सक्नेछ।

यससँगै अहिले सबैको ध्यान मलेसियाविरुद्धको दोस्रो इनिङ्समा केन्द्रित भएको छ, जहाँ नेपाल ऐतिहासिक उपलब्धिको नजिक पुगेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०