विराटनगरको फोहोर व्यवस्थापन ठेक्का प्रक्रियामा भएको विवाद अदालतसम्मै पुग्यो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ महिनाअघि

विराटनगर । विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापनसम्बन्धी ठेक्का प्रक्रिया विवाद दुई तहका अदालतसम्मै पुगेको छ । महानगरले सार्वजनिक-निजी साझेदारी (पिपिपी) अवधारणामा २० वर्षका लागि फोहोरमैला संकलन, व्यवस्थापन र प्रशोधनका लागि आह्वान गरेको बोलपत्र प्रक्रिया कानुनी विवादमा फसेको हो ।

उक्त विवाद अहिले उच्च अदालत विराटनगर र सर्वोच्च अदालत दुवैमा पुगिसकेको छ । यसै बैशाख ७ गतेसम्मको म्याद दिएर आह्वान गरिएको उक्त बोलपत्रमा काठमाडौंस्थित नेप्सेम्याक सेवा प्रालिले मात्र बोलपत्र दाखिला गरेको छ ।

५५ लाख रुपैयाँको बिड सेक्युरिटी तोकिएको यस ठेक्कामा अन्य फर्म तथा कम्पनीहरूले भाग लिन नसक्ने गरी मापदण्ड बनाइएको भन्दै व्यापक आरोप लागेका छन् । विराटनगर–५ का निर्माण व्यवसायी रामकुमार श्रेष्ठलगायत धेरै व्यवसायीहरूले बोलपत्रका मापदण्डहरू एउटै कम्पनीलाई लक्षित गरी तयार पारिएको आरोप लगाएका छन् ।

सर्वोच्च अदालतले मेट्रो सिटी वेस्ट म्यानेजमेन्ट प्रालिले दायर गरेको रिटमा विराटनगर महानगरपालिका लगायत विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरिसकेको छ । न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले बैशाख ४ गते प्रारम्भिक सुनुवाइ गर्दै निवेदकको मागअनुसार आदेश किन जारी हुनु नपर्ने हो भन्ने आधार र कारणसहित १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीहरूलाई निर्देशन दिएको हो ।

रिट निवेदकका तर्फबाट मेट्रो सिटी वेस्ट म्यानेजमेन्ट प्रालिका अख्तियारवाला सञ्चालक देवेन्द्र खड्काले विराटनगर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय मोरङसहित सम्बन्धित निकायलाई विपक्षी बनाउदै उत्प्रेषणको मागसहित सर्वोच्च अदालतमा निवेदन दायर गरेका थिए ।

सर्वोच्च अदालतले अन्तरिम आदेशको विषयमा भने तत्काल कुनै निर्णय दिएको छैन । अदालतले दुवै पक्षको उपस्थितिमा छलफल गरेर मात्र निष्कर्षमा पुग्ने भन्दै बैशाख १६ गतेका लागि पेशी तोकेको छ । सो दिन अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा थप सुनुवाइ हुने भएको छ ।

त्यस्तै, फोहोर व्यवस्थापन ठेक्का विवाद उच्च अदालत विराटनगरमा पनि प्रवेश गरेको छ । उच्च अदालतले पनि महानगरको निर्णय नै झिकाउन आदेश दिएको छ । उच्च अदालत विराटनगरका न्यायाधीशद्वय गणेश ठाकुर र प्रकाशचन्द्र अधिकारीको संयुक्त इजलासले विराटनगर महानगरपालिकाले २०८२ जेठ ६ गते गरेको बोलपत्र आह्वानसम्बन्धी निर्णयको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

यस विषयमा सुरजबाबु श्रेष्ठ र अनिलकुमार चौधरीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए । दुवै निवेदनमा महानगरपालिकालाई विपक्षी बनाइएको छ । उनीहरूले ‘उत्प्रेषणयुक्त परमादेश’ माग गर्दै अदालतको हस्तक्षेप खोजेका छन् । अदालतले भने महानगरको निर्णय अध्ययन नगरी अन्तरिम आदेशमा निष्कर्षमा पुग्न नमिल्ने भन्दै कागजात झिकाउन आदेश दिएको हो । उच्च अदालतले बैशाख १५ गतेका लागि थप छलफल पेशी तोकेको छ ।

यसरी एउटै विषयमा सर्वोच्च र उच्च अदालत दुवैमा सक्रिय भएपछि विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन ठेक्का प्रक्रिया कानुनी झमेलामा अल्झिने संकेत देखिएको छ । विराटनगरका निर्माण व्यवसायी रामकुमार श्रेष्ठले महानगरको ठेक्का प्रक्रियालाई प्रतिस्पर्धा एकदमै सीमित गर्ने गरी डिजाइन गरिएको आरोप लगाएका छन् ।

उनका अनुसार महानगरले फोहोर व्यवस्थापनको ठेक्का २० वर्षका लागि एउटै कम्पनीलाई दिने गरी बोलपत्र आह्वान गरेको थियो । तर सो प्रक्रियामा सहभागी हुन कम्तीमा एक वर्ष फोहोर व्यवस्थापनको अनुभव अनिवार्य राखिएकाले धेरै व्यवसायीहरू सुरुमै बाहिरिएको उनको दाबी छ ।

श्रेष्ठले भने, ‘फोहोर उठाउने, बोक्ने र व्यवस्थापन गर्ने कामका लागि आवश्यक उपकरण हामीसँग पर्याप्त छन् । तर अनुभवको नाममा कृत्रिम अवरोध खडा गरियो, जसले प्रतिस्पर्धा सीमित गर्यो ।’

उनका अनुसार यस्तो सर्तका कारण नेपालभरि पाँच–छ कम्पनी मात्र योग्य देखिए र अन्ततः काठमाडौंको ‘नेस्म्याक’ नामक एउटै कम्पनीले मात्र ‘बिड’ दिने अवस्था बन्यो । उनले ५५ लाख रुपैयाँको ‘बिड बन्ड’ (बोलपत्र जमानत) माग गरिएको विषयलाई पनि अस्वाभाविक भएको बताए ।

घरघरबाट शुल्क उठाएर सेवा दिने मोडेलमा आधारित ठेक्कामा यति ठूलो बिड सेक्युरिटी अनावश्यक भएको उनको तर्क छ । श्रेष्ठले प्रि–बिड मिटिङमा प्रश्न उठाउँदा महानगरले यो निर्णय कार्यपालिका बैठकबाट भएको जवाफ दिएको तर यस्तो सर्त कानुन र नियमावलीअनुसार हुनुपर्ने दाबी गरे ।

त्यसैगरी उनले वातावरणीय प्रभाव मूल्यांकन नगरी ठेक्का अघि बढाइएको, प्रभावित बासिन्दा र स्थानीय तहसँग आवश्यक सहमति नलिइएको तथा फोहोर फाल्ने स्थानबारे स्पष्ट अध्ययन नभएको पनि आरोप लगाए । उनका अनुसार २० वर्षअघि लिइएको जमिनलाई आधार मानेर पुनः २० वर्षकै ठेक्का दिन खोज्नु कानुनी र व्यावहारिक दुवै हिसाबले त्रुटिपूर्ण छ ।

१७ वर्षदेखि निर्माण व्यवसायमा संलग्न रहेको बताउने श्रेष्ठले आफ्नो आपत्ति प्रतिस्पर्धा, पारदर्शिता र कानुनी प्रक्रियाको सुनिश्चिततासँग जोडिएको उनको भनाइ छ ।

प्रकाशित समय: मङ्गलबार १५ ब‌ैशाख, २०८३, १३:३९:५९

सम्बन्धित खबर

स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम

आईतबार ४ असोज, २०८३
२३ घण्टाअघि

बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित

शनिवार ३ असोज, २०८३
२ दिनअघि

विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी

बिहिबार २५ भदौ, २०८३
२ हप्ताअघि

बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण

बुधबार २४ भदौ, २०८३
२ हप्ताअघि

गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग

मङ्गलबार २३ भदौ, २०८३
२ हप्ताअघि

विराटनगरस्थित ‘किड्स भिलेज स्कुल’का विद्यार्थीले गरे जन्मदिनमा जम्मा भएको रकम बाढीपीडितका लागि सहयोग

बिहिबार १८ भदौ, २०८३
३ हप्ताअघि
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०