विराटनगरमा प्रहरीको ‘स्विप अपरेसन’, स्पा सेन्टरबाट ३६ जना नियन्त्रणमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार १३ ब‌ैशाख, २०८३
५ महिनाअघि

विराटनगर -कोशी प्रदेशको राजधानी विराटनगरमा सञ्चालनमा रहेका स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले शनिबार साँझ एकैपटक व्यापक ‘स्विप अपरेसन’ सञ्चालन गर्दै ३६ जनालाई नियन्त्रणमा लिएको छ।

विराटनगर महानगरपालिका–१३, १४ र १५ का विभिन्न स्थानमा सञ्चालित स्पा केन्द्रहरूलाई लक्षित गर्दै इलाका प्रहरी कार्यालय रानी बाट खटिएको विशेष टोलीले आकस्मिक छापा मारेको हो।

Advertisement

प्रहरीका अनुसार लामो समयदेखि निगरानीमा रहेका ती स्पा केन्द्रहरूमा अवैध तथा अनैतिक गतिविधि भइरहेको सूचनाका आधारमा कारबाही अघि बढाइएको हो। प्रारम्भिक अनुसन्धानले केही स्पाहरू यौनजन्य गतिविधिको आवरणमा सञ्चालन भइरहेको आशंकालाई थप बल दिएको छ।

भारतसँगको खुला सीमाको प्रभाव देखिएको भन्दै नियन्त्रणमा परेकामध्ये केही भारतीय नागरिकसमेत रहेको जनाइएको छ। जोगबनी नाका नजिकको सहज आवतजावतका कारण यस्ता गतिविधि बढेको अनुमान गरिएको छ।

कारबाहीका क्रममा विराटनगर–१४ मा सञ्चालित ‘किपु स्पा’मा कानुनी मापदण्ड उल्लंघन भएको पाइएपछि सञ्चालकसहित कर्मचारीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। बिना आवश्यक अनुमति र कर्मचारीको परिचयपत्रसमेत नबनाई सञ्चालन गरिएको भेटिएको बताइएको छ।

यस प्रकरणमा सञ्चालक सुनसरी बर्जु–१ की निलमदेवी शर्मा र भारत, बिहारका राजकुमार चन्द्रवंशीसहित केही कर्मचारीहरूलाई नियन्त्रणमा लिइएको छ भने अन्य स्पाबाट पक्राउ परेकामाथि सोधपुछ जारी छ।

कवित कटवाल का अनुसार स्पा तथा मसाज सेन्टरमा यौनजन्य गतिविधि भइरहेको आशंकामा आकस्मिक छापा मारिएको हो र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीले मापदण्डविपरीत सञ्चालन हुने यस्ता संस्थामाथि कडाइ निरन्तर रहने जनाएको छ। साथै लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण र जुवातासविरुद्धको अभियानलाई पनि समानान्तर रूपमा तीव्र बनाइएको जानकारी दिइएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
बालक, पुरुष र लैङ्गिक अल्पसंख्यकमाथिको यौन हिंसा
मङ्गलबार १३ असोज, २०८३
मंसिर १ देखि काठमाडौं उपत्यकामा मासु जाँचसम्बन्धी ऐन लागू हुने
सोमबार १२ असोज, २०८३
हङकङ सिक्सेसमा नेपाल सहभागी नहुने
सोमबार १२ असोज, २०८३
चोलेन्द्रशमशेरको पक्राउबारे राष्ट्रिय सभामा प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ माग
सोमबार १२ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०