दुहबीमा एकल महिलामाथि निर्घात कुटपिट गर्नेलाई प्रहरीले नै संरक्षण गरेको गुनासो

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १५ ब‌ैशाख, २०८३
५ महिनाअघि

सुनसरी । सुनसरीको दुहबी नगरपालिका-५ मा बस्दै आएकी एकल महिलामाथि निर्घात कुटपिट गर्ने व्यक्तिलाई प्रहरीले संरक्षण गरेको भन्दै पीडितले गुनासो गरेकी छन् । एकल महिला सुनिता आनन्द श्रेष्ठले आफूमाथि निर्घात कुटपिट गर्ने अनिता भण्डारी र सुनिता दाहाललाई प्रहरीले अहिलेसम्म पक्राउ नगरेको गुनासो गर्दै पत्रकार सम्मेलन गरेकी हुन् ।

गत चैत २३ गते राती घरमा बसिरहेको बेला एक्कासी ती महिलाले आफूमाथि हातपात गर्दै कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय दुहबीमा किटानी जाहेरी दिए पनि उल्टै प्रहरीले संरक्षण गरेको उनको गुनासो छ ।

Advertisement

घटनापछि आफू घाइते भएको र उपचार समेत गराउनुपरेको उनले बताइन् । यस्तो हुँदा पनि प्रहरीले उजुरी दर्ता गर्न ढिलाइ गरेको र पटक–पटक धाउँदा पनि दोषीलाई पक्राउ नगरेको आरोप लगाइन् ।

इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरिक्षक शिबराम थापाले उजुरी दर्ता गर्न नमानेको र जिल्ला प्रशासन कार्यलयमा बारम्बार हारगुहार मागेपछि घटना भएको पाँच दिन पश्चात मुद्दा दर्ता भएको उनले बताइन् । उजुरी दर्ता भए पनि अहिलेसम्म पनि प्रहरीले पीडकलाई पक्राउ गरेर कानूनी दायरामा नल्याएको उनले बताइन् ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको निवेदनमा उनले प्रहरीसमक्ष पटकपटक न्यायको माग गर्दा पनि सुनुवाइ नभएको उल्लेख गरेकी छन् । श्रेष्ठले आफू एकल महिला भएकै कारण कमजोर ठानेर दुव्र्यवहार गरिएको दाबी गरिन् ।

पीडितले घटनाको निष्पक्ष छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी कारबाही गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मानवअधिकारकर्मीसमक्ष समेत आग्रह गरेकी छन् ।

इलाका प्रहरी कार्यलय दुहबीका प्रहरी निरीक्षक थापाले घरायसी झगडा भएकाले मिलाउन प्रयास गरेको बताए । यद्यपि, पीडकको खोजतलास भइरहेको र चाँडै पक्राउ गरेर थप कारबाही अघि बढाउने उनले जानकारी दिए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०