बाढी कुर्दै बस्ने दिन सकियो, सुकुम्बासी व्यवस्थापन अनिवार्य: बालेन

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ११ ब‌ैशाख, २०८३
५ महिनाअघि

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले नदी किनारका सुकुम्बासीलाई जोखिमपूर्ण अवस्थामा बस्न नदिने स्पष्ट सन्देश दिएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले हरेक वर्ष बाढीका कारण हजारौँ नागरिकले ज्यान जोगाउँदै घर छोड्नुपर्ने अवस्था दोहोरिँदै आएको स्मरण गराएका छन्। “अब पनि ठूला दुर्घटना कुर्दै बस्ने कि सुरक्षित व्यवस्थापन गर्ने?” भन्ने प्रश्न उठाउँदै उनले दीर्घकालीन समाधानतर्फ सरकार अघि बढेको बताएका छन्।

Advertisement

उनले सुकुम्बासीलाई त्यही जोखिमयुक्त ठाउँमा बस्न बाध्य पार्नु उनीहरूको अधिकार नभएको स्पष्ट पार्दै सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नै वास्तविक अधिकार भएको उल्लेख गरेका छन्। साथै नदी किनारका बस्तीका कारण ढल निकास प्रणाली अवरुद्ध हुँदा उपत्यकामा फोहोर र दुर्गन्ध बढेको पनि बताएका छन्।

प्रधानमन्त्री शाहले थापाथली, गैरीगाउँ, मनोहरा लगायत क्षेत्रका बस्तीहरूलाई बल प्रयोग नगरी, मानवीय तरिकाले सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताएका छन्। “हामीले गरेका वाचा बिर्सेका छैनौँ,” भन्दै उनले सुकुम्बासी व्यवस्थापन र सरकारी जग्गा अतिक्रमण नियन्त्रण गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्।

उनका अनुसार सरकार वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउने प्रक्रियामा छ। देशभर रहेका वास्तविक भूमिहीनलाई कानुनी प्रक्रिया पूरा गरी छिट्टै जग्गा वितरण गर्ने तयारी भइरहेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले वर्षौँदेखिको समस्या अब समाधान गर्ने दाबी गर्दै नागरिकलाई ढुक्क रहन आग्रह गरेका छन्।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
बागलुङमा माटोको ढिस्कोले पुरिएर दुई मजदुरको मृत्यु, एक गम्भीर घाइते
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनको बन्दसत्र आजदेखि, असोज २२ मा मतदान
सोमबार १९ असोज, २०८३
कांग्रेस महाधिवेशनलाई भारत, चीनसहित विभिन्न देशबाट शुभकामना
आईतबार १८ असोज, २०८३
अपहरणपछि जंगलमा लुकाइएकी बालिका ३७ घण्टापछि सकुशल उद्धार
आईतबार १८ असोज, २०८३
एसियन गेम्समा २१ स्वर्णसहित भारत चौथो स्थानमा
आईतबार १८ असोज, २०८३
पूर्वाधार विकासले फेरिँदै बर्जु-३ को स्वरूप
आईतबार १८ असोज, २०८३
कांग्रेसको १५औँ महाधिवेशन आजदेखि, शेखर कोइराला सहभागी नहुने
आईतबार १८ असोज, २०८३
कांग्रेसको महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी घोषणा
शनिवार १७ असोज, २०८३
स्थानीय आवश्यकताअनुसार विकास योजनामा बर्जु-२ को जोड
शनिवार १७ असोज, २०८३
अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान
शनिवार १७ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०