भिनिसियस जुनियरकाे दुई गोलमा रियल मड्रिडको रोमाञ्चक जित

शब्द एक्स्प्रेस संवाददाता
सोमबार ९ चैत, २०८२
६ महिनाअघि

काठमाडौं – स्पेनिस ला लिगाअन्तर्गत मड्रिड डर्बीमा रियल मड्रिडले एट्लेटिको मड्रिड माथि ३–२ को रोमाञ्चक जित निकालेको छ।गएराति सान्टियागो बर्नाबेउमा भएको खेलमा रियलको जितमा भिनिसियस जुनियर ले दुई गोल गर्दा फेडेरिको भालभर्डे ले एक गोल गरे।

एट्लेटिकोका लागि एडेमोला लूकमन र नाहुल मोलिनाले एक–एक गोल गरे।पहिलो हाफको ३३औं मिनेटमा लूकमनले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा रियल खेलमा फर्कियो, जहाँ भिनिसियसले ५२औं मिनेटमा पेनाल्टीमार्फत बराबरी गोल गरे।

Advertisement

५५औं मिनेटमा भालभर्डेले गोल गर्दै रियललाई २–१ ले अघि बढाए। तर ६६औं मिनेटमा मोलिनाले उत्कृष्ट गोल गर्दै खेल २–२ मा ल्याए। ७२औं मिनेटमा ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डको पासमा भिनिसियसले व्यक्तिगत दोस्रो गोल गर्दै रियललाई निर्णायक अग्रता दिलाए। ७७औं मिनेटमा भालभर्डेले रातो कार्ड पाएपछि रियल दबाबमा परेको थियो, तर अन्तिम समयसम्म एट्लेटिकोले बराबरी गर्न सकेन।

यस जितसँगै रियलले २०२२ पछि पहिलोपटक एट्लेटिकोविरुद्ध ला लिगामा जित निकालेको छ। अंक तालिकामा दोस्रो स्थानमा रहेको रियलले शीर्षस्थानको बार्सिलोना सँगको दूरी ४ अंकमा झारेको छ।

बार्सिलोनाको २९ खेलबाट ७३ अंक रहेको छ भने रियलको ६९ अंक पुगेको छ। एट्लेटिको ५७ अंकसहित चौथो स्थानमा कायम रहेको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०