विश्वकपको समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज सुपर आठमा

शब्द एक्स्प्रेस संवाददाता
आईतबार ३ फाल्गुण, २०८२
६ महिनाअघि

विराटनगर । नेपाल आइसिसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।

समूह ‘सी’अन्तर्गत मुम्बईस्थित वनखेडे मैदानमा आइतबार भएको खेलमा नेपाल टेस्ट टोली वेस्ट इन्डिजसँग नौ विकेटले स्तब्ध बन्यो ।

समूहमा लगातार तेस्रो हार खेपेसँगै नेपाल बाहिरिएको हो । नेपाललाई हराएसँगै लगातार तेस्रो जित निकालेको वेस्ट इन्डिज सुपर आठमा प्रवेश गरेको छ ।

समूहमा ६ अंक बनाएको वेस्ट इन्डिज शीर्षस्थानमा छ । समान खेलबाट चार अंक बनाएको इङ्ल्यान्ड दोस्रो स्थानमा छ ।

स्कटल्यान्ड र इटालीले दुई दुई अंक बनाएका छन् । समूहमा अंकको खाता खोल्न नसक्ने टोली नेपाल मात्र हो ।

नेपाल यसअघि पहिलो खेलमा इङ्ल्यान्डविरुद्ध सनसनीपूर्ण प्रदर्शन गर्दै जित नजिक पुगेपनि चार रनले पराजित भएको थियो ।

यस्तै दोस्रो खेलमा ब्याटिङ र बलिङ दुवैमा खराब प्रदर्शन गरेको नेपालले विश्वकप डेब्यू टोली इटालीलाई १० विकेटको लज्जासपद नतिजा सुम्पिएको थियो ।

जितका लागि एक सय ३४ रनको सामान्य लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । वेस्ट इन्डिजका लागि ओपनर ब्रान्डन किङले २२ रन बनाए ।

यस्तै कप्तान साई होपले अविजित अर्धशतकीय इनिङ्स खेले । ६० रन बनाएका उनले पाँच चौका र तीन छक्का हाने ।

सिमरन हेटमायरले अविजित ४६ रन बनाए । उनले ३२ बलमा चार चौका र दुई छक्का हाने । बलिङमा नेपालका नन्दन यादवले एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ्सको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३३ रन बनाएको थियो ।

सुरुवातमा खराब ब्याटिङको सामना गरेको नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय इनिङ्स खेले ।

सर्वाधिक ५८ रन बनाउनुभएका उहाँले तीन चौका र तीन नै छक्का हाने ।

यससँगै दीपेन्द्रसिंह टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी बने ।

यसअघि सन् २०१४ को विश्वकपमा सुवास खकुरेलले अर्धशतक बनाएका थिए ।

यसअघि पावर प्लेमै तीन विकेट गुमाएको नेपालका ओपनर कुशल भुर्तेल एक रनमा आउट भए । यस्तै आशिफ शेख ११ रन जोड्दै पेभेलियन फर्किए ।

कप्तान रोहित पौडेल पाँच र आरिफ शेख दुई रन जोड्दै बाहिरिएपछि नेपालको आशा दीपेन्द्रसिंह र लोकेश बममा रहेको थियो । लोकेश १३ रनमा क्याच आउट भए ।

त्यसपछि गुल्शन झाले ११ रन बनाए । सोमपाल कामीले अविजित २६ रन बनाए । उनले १५ बलमा चार चौका हाने ।

सोमपाल नेपालका लागि लगातार तेस्रो विश्वकप खेल्ने एक्लो खेलाडी समेत बने । करण केसी एक रनमा क्याच आउट भए ।

बलिङमा वेस्ट इन्डिजका जासोन अहोल्डरले चार विकेट लिए । उनले पूरा चार ओभर बलिङ गर्दैै २७ रन खर्चिए ।

यस्तै म्याथ्यु फर्ड, अकिल हुसेन, समर जोसेफ र रोस्टोन चेसले एक एक विकेट लिए ।

नेपालले अब समूह चरणको अन्तिम खेल फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ । नेपालका लागि उक्त खेल प्रतिष्ठाको लडाईं हुनेछ ।

नेपालले समग्रा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।

प्रकाशित समय: आईतबार ३ फाल्गुण, २०८२, १५:२९:१२
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
साढे ५ महिनापछि स्वदेश फर्किए देउवा
बिहिबार २८ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउ परेको घटनाप्रति राप्रपाको आपत्ति, तत्काल रिहाइको माग
बिहिबार २८ साउन, २०८३
सुदूरपश्चिमका मुख्यमन्त्रीले राजीनामा दिने
बुधबार २७ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०