टी–२० विश्वकप : कमजोर ब्याटिङका कारण इटालीसँग नेपाल लज्जासपद हार

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
८ महिनाअघि

विराटनगर । कमजोर ब्याटिङका कारण आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले इटालीसँग लज्जासपद हार खेपेको छ ।

मुम्बईस्थित वनखेडे मैदानमा बिहीबार भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो ।

Advertisement

लगातार दोस्रो हार खेपेसँगै नेपालको सुपर आठ सम्भावना कमजोर बनेको छ । यसअघि पहिलो खेलमा नेपालले टेस्ट टोली इङ्ल्यान्डसँग सनसनीपूर्ण प्रदर्शन गर्दै चार रनको हार खेपेको थियो ।

जितका लागि एक सय २४ रनको मध्यम लक्ष्य पछ्याएको इटालीले १२.४ ओभरमा विना विकेटको क्षति लक्ष्य पूरा गरेको हो ।

इटालीका लागि ओपनर दाजुभाईद्वय जस्टिन मोस्का र एन्थोनी मोस्काले एक सय २४ रनकै साझेदारी गर्नुभयो ।

जस्टिनले ६० र एन्थोनीले ६२ रन बनाउनुभयो । इटालीले दुई रन अतिरिक्त पाएको थियो । जितसँगै इटालीले समूह जस्टिन डी’ मा दुई अंक बनाएको छ । नेपाल अंकबिहीन छ ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले १९.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २३ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए । उनले २४ बलमा तीन चौकाको सहयोगमा उक्त रन जोडे ।

यस्तै कप्तान रोहित पौडेलले २३ रन बनाए । उनले १४ बलमा दुई छक्काको सहयोगमा उक्त रन बनाए ।

ओपनर आशिफ शेखले २० रन जोड्टा अर्का ओपनर कुशल भुर्तेल पाँच रनमा आउट भए ।

यस्तै दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए । लोकेश बम र गुल्शन झा तीन तीन रन जोड्दै पेभेलियन फर्किए ।

त्यसपछि करण केसीले अविजित १८ रन बनाए । सन्दीप लामिछाने पाँच रन तथा नन्दन यादव र ललित राजवंशी शुन्य रनमा रन आउट भए ।

ललितले विश्वकपमा डेब्यू गरेका हुन् । अघिल्लो संस्करणमा नेपालको १५ सदस्यीय टोलीमा रहेपनि उनले खेल्न पाए ।

बलिङमा इटालीका क्रिशन कालुगामेजले तीन विकेट लिए । बेन मनेन्टीले दुई तथा अलि हसन, जेजे स्मुथ र जसप्रित सिंहले एक एक विकेट लिए ।

टी–२० अन्तर्राष्ट्रियमा नेपाल र इटालीबिच पहिलो पटक भिडन्त भएको हो । यस्तै इटालीले पहिलो पटक टी–२० विश्वकप खेलेको हो ।

नेपाल र इटालीबिच १३ वर्ष अगाडि एक दिवसीय खेलमा भने प्रतिस्पर्धा भएको थियो । आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ को उक्त खेलमा नेपालले इटालीलाई आठ विकेटले हराएको थियो ।

नेपालसहित इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली रहेको समूह ‘सी’ मा हाल वेस्ट इन्डिजले लगातार दुई खेल जित्दै चार अंक बनाएको छ ।

इङ्ल्यान्ड र स्कटल्यान्डको दुई दुई अंक छ । अब नेपालले फागुन ३ गते वेस्ट इन्डिज र फागुन ५ गते स्कटल्यान्डसँग खेल्ने छ ।

नेपालले समूह चरणका सबै खेल मुम्बईस्थित वनखेडे स्टेडियममै खेल्ने छ ।

नेपालले समग्रमा तेस्रो र लगातार दोस्रो पटक टी–२० विश्वकप खेलेको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ को अघिल्लो संस्करण खेलेको थियो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०