इटालीविरुद्ध पहिलो टी–२० आई भिडन्तमा नेपाल, १२ वर्षपछि विश्वकप जितको खोजी

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार ३० माघ, २०८२
८ महिनाअघि

काठमाडौं — टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र इटालीबीच अहिलेसम्म कुनै खेल भएको छैन। तर, ५० ओभरको फर्म्याटमा भएका तीन भेटमा नेपालले इटालीलाई पराजित गरेको इतिहास छ। १३ वर्षपछि इटालीसँग खेल्न लागेको नेपाल १२ वर्षपछि विश्वकपमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदैछ। नेपालले सन् २०१४ मा अफगानिस्तानलाई हराएयता विश्वकपमा जित हात पार्न सकेको छैन।

दुवै टोली प्रतियोगिताको दोस्रो खेल खेल्दै छन्। पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित भएको थियो। पराजित भए पनि नेपाल दोस्रो खेलमा सुधारिएको प्रदर्शनसहित जित निकाल्ने लक्ष्यमा छ। इटाली भने स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो।

Advertisement

सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न दुवै टोलीलाई फराकिलो जित आवश्यक छ। समूह ‘सी’ मा नेपाल, इटाली, इंग्ल्याण्ड, वेस्ट इन्डिज र स्कटल्यान्ड रहेका छन्। समूहमा लगातार दुई जितसहित वेस्ट इन्डिज ४ अंकका साथ शीर्ष स्थानमा छ। एक जित र एक हार बेहोरेका स्कटल्यान्ड र इंग्ल्याण्ड समान २ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्, जहाँ नेट रनरेटका आधारमा स्कटल्यान्ड अगाडि रहेको छ। नेपाल चौथो र इटाली पाँचौँ स्थानमा छन्।

समूह चरणबाट शीर्ष दुई टोलीले सुपर ८ मा स्थान बनाउने प्रावधान छ।

यसैबीच, समूह ‘बी’ अन्तर्गत श्रीलंका र ओमानबीच खेल हुँदैछ। श्रीलंकाको पाल्लेकेलेमा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। श्रीलंकाले पहिलो खेल जितेको छ भने ओमानले हार बेहोरेको छ।

त्यस्तै समूह ‘ए’ अन्तर्गत भारत र नामिबियाबीच दिल्लीमा खेल हुँदैछ। नेपाली समयअनुसार साँझ ७:१५ बजे सुरु हुने उक्त खेलमा भारत पहिलो जितलाई निरन्तरता दिने लक्ष्यमा छ भने नामिबिया पहिलो जितको खोजीमा रहनेछ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०