आईसीसी टी–२० विश्वकप: पाकिस्तानको लगातार दोस्रो जित, अमेरिकामाथि ३२ रनको विजय

शब्द एक्स्प्रेस संवाददाता
बुधबार २९ माघ, २०८२
४ महिनाअघि

काठमाडौं — आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले अमेरिकामाथि ३२ रनको जित निकाल्दै लगातार दोस्रो जित दर्ता गरेको छ। मंगलबार राति भएको खेलमा पाकिस्तानले अमेरिकालाई पराजित गरेको हो।

पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रन बनायो। १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा आठ विकेटको क्षतिमा १५८ रन मात्र बनाउन सक्यो।

Advertisement

पाकिस्तानका लागि ओपनर साहिबजादा फरहानले विस्फोटक ब्याटिङ गर्दै सानदार अर्धशतक बनाए। उनले ४१ बलमा ६ चौका र पाँच छक्काको मद्दतमा सर्वाधिक ७३ रन जोडे। कप्तान बाबर आजमले ३२ बलमा ४६ रन बनाउँदा सादाब खानले १२ बलमा ३० रनको योगदान दिए।

अमेरिकाका लागि श्याड्ली भान शाल्कवाइकले आक्रामक बलिङ गर्दै चार विकेट लिए।

जवाफी ब्याटिङमा अमेरिकाका शायन जायागिरले ४९ रन बनाउँदा शुभम रञ्जानेले अर्धशतक पूरा गरे। मिलिन्दु कुमारले २९ रन जोडे पनि अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। पाकिस्तानका उस्मान तारिकले तीन विकेट लिँदै अमेरिकालाई सस्तैमा समेटे।

यो जितसँगै चार अंक जोडेको पाकिस्तान समूह ‘ए’को शीर्ष स्थानमा उक्लिएको छ। एक खेल खेलेको भारत दुई अंकसहित दोस्रो स्थानमा छ। दुई खेलमा एक जित र एक हार बेहोरेको नेदरल्यान्ड्स दुई अंकसहित तेस्रो स्थानमा रहँदा नामिबिया र अमेरिका अंकविहीन छन्। समूह ‘ए’मा पाकिस्तान, भारत, नेदरल्यान्ड्स, नामिबिया र अमेरिका सहभागी छन्।

प्रकाशित समय: बुधबार १० असार, २०८३, ०५:५०:१०
पाकिस्तानले रक्षा बजेट १८ प्रतिशत बढाउँदै
बिहिबार ११ असार, २०८३
फौजदारी कानुन संशोधन : जीपीएस जोडेर कैदी घर बस्न पाउने
बिहिबार ११ असार, २०८३
कक्षा १२ को नतिजा त्रुटिपूर्ण रहेको भन्दै विद्यार्थीहरूले गरे प्रदर्शन
बिहिबार ११ असार, २०८३
विद्यालय गोलीकाण्डपछि ‘गोरबक्स’माथि प्रतिबन्ध
बिहिबार ११ असार, २०८३
भेनेजुएलामा भूकम्प : ३२ जनाको मृत्यु ७०० घाइते
बिहिबार ११ असार, २०८३
कैलालीमा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु
बिहिबार ११ असार, २०८३
प्रदेशसभा खारेजीको एजेन्डा छोड्न रास्वपालाई बाबुरामको सुझाव
बिहिबार ११ असार, २०८३
देवानगञ्ज गाउँपालिकाको बजेट ५० करोड ५६ लाख रुपैयाँ
बुधबार १० असार, २०८३
ड्युटीमा खटिएका ट्राफिकले सवारी चालकसँग हात मिलाउन नपाउने
बुधबार १० असार, २०८३
प्रतिनिधिसभा बैठक सूचना टाँस गरेर स्थगित
बुधबार १० असार, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०