हेटमायरको अर्धशतकमा वेस्ट इन्डिजद्वारा स्कटल्यान्डसामु १८३ रनको लक्ष्य

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २५ माघ, २०८२
७ महिनाअघि

काठमाडौं । शिमरोन हेटमायरको अर्धशतकप्रेरित प्रदर्शनमा वेस्ट इन्डिजले आईसीसी ट्वान्टी–२० क्रिकेट विश्वकपमा स्कटल्यान्डसामु १८३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

शनिबार कोलकातास्थित इडेन गार्डेन क्रिकेट रंगशालामा टस हारेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८२ रन बनायो।

वेस्ट इन्डिजका लागि शिमरोन हेटमायरले ६४ रनको महत्वपूर्ण योगदान दिए। उनले ३६ बलमा दुई चौका र छ छक्का प्रहार गरे। ओपनर ब्रान्डन किंगले ३० बलमा चार चौका र एक छक्काको सहयोगमा ३५ रन जोडे।

त्यस्तै, शेरफेन रदरफोर्डले २६ रन बनाए भने कप्तान शाई होप र रोभम्यान पावेलले क्रमशः १९ र २४ रनको योगदान दिए।

स्कटल्यान्डका लागि ब्राड क्युरीले दुई विकेट लिए। ओलिभर डेविडसन, सफयान शरिफ र माइकल लिस्कले समान एक–एक विकेट लिए।

वेस्ट इन्डिज र स्कटल्यान्ड प्रतियोगिताको समूह ‘सी’मा छन्। यस समूहमा नेपाल, इटाली र इंग्ल्यान्ड पनि सहभागी छन्।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा सुरु भएको यस प्रतियोगितामा २० टिम सहभागी छन्। उद्घाटन खेलमा पाकिस्तानले नेदरल्यान्डलाई तीन विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।

प्रकाशित समय: शनिवार २५ माघ, २०८२, १७:१३:३३
गोल्छा च्यारिटी ट्रस्टद्वारा विपद् उद्धार कोषमा १ करोड ११ लाख सहयोग
मङ्गलबार २३ भदौ, २०८३
इटहरीको प्रहरी हिरासतमा ६८ वर्षीय थुनुवाको मृत्यु
मङ्गलबार २३ भदौ, २०८३
मकवानपुरमा १६२ किलो गाँजासहित दुई जना पक्राउ
मङ्गलबार २३ भदौ, २०८३
रूसमा हिमपहिरोमा परी ११ पर्वतारोहीको मृत्यु, ६ जना घाइते
सोमबार २२ भदौ, २०८३
ज्वालामुखी विस्फोटपछि इन्डोनेसियाका आठ विमानस्थल बन्द, १ लाख ७० हजार यात्रु प्रभावित
सोमबार २२ भदौ, २०८३
बाढी र जलवायु न्यायको विषय उठाउँदै इन्दिरा रानाले बेलायती उपसभामुखसँग गरिन् भेट
सोमबार २२ भदौ, २०८३
दुहबी नगरपालिकाले दियो २० युवालाई बारिस्टा तालिम, स्वरोजगार बनाउने लक्ष्य 
आईतबार २१ भदौ, २०८३
सुनको मूल्य तोलामा ३ हजार १ सय रुपैयाँले घट्यो
आईतबार २१ भदौ, २०८३
क्यासिनोमा इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
आईतबार २१ भदौ, २०८३
अन्डाको भाउमा फेरि वृद्धि, एक्सएल अन्डा प्रतिक्रेट ६०५ रुपैयाँ पुग्यो
शुक्रबार १९ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०