काठमाडौं । नेपाल साफ यू–१९ महिला च्याम्पियनसिपको लिग चरणबाटै बाहिरिएको छ। पोखरा रंगशालामा बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४–० को फराकिलो पराजय भोगेपछि नेपालको फाइनल पुग्ने लक्ष्य अधुरो बनेको हो।
यसअघि नेपालले पहिलो खेलमा भारतसँग १–० ले पराजय बेहोरेको थियो। दोस्रो खेलमा भुटानलाई २–१ ले पराजित गर्दै आशा जगाए पनि अन्तिम खेलमा हार व्यहोर्दा नेपाल प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।
लिग चरणमै यात्रा टुंगिँदा नेपाली टोलीको उपाधि जित्ने सपना यसपटक पनि पूरा हुन सकेन।