यू–१९ साफ महिला च्याम्पियनसिप: आज पोखरामा दुई खेल, नेपाल  आज जित्नैपर्ने दबाबमा

शब्द एक्स्प्रेस संवाददाता
सोमबार २० माघ, २०८२
८ महिनाअघि

पोखरा – १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन्। पोखरा रंगशालामा मध्याह्न १२ बजे हुने पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ।

त्यसैगरी घरेलु टोली नेपालले दिउँसो ३ बजे भूटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र भूटान दुवै टोली यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका छन्। नेपाल भारतसँग १–० गोलले पराजित भएको थियो भने प्रतियोगिताको उद्घाटन खेलमा भूटान बंगलादेशसँग १२–० को फराकिलो अन्तरले पराजित भएको थियो।

यस कारण आजको खेल नेपाल र भूटान दुवैका लागि अत्यन्त महत्वपूर्ण रहेको छ। फाइनल सम्भावना जीवित राख्न दुवै टोलीलाई जित अनिवार्य हुनेछ।

बंगलादेश र भारतले भने एक–एक खेल जित्दै समान तीन अङ्क जोडिसकेका छन्। प्रतियोगितामा यसपटक चार टोलीको सहभागिता रहेको छ।

दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भइरहेको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भइरहेको छ, जहाँ प्रत्येक टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन्।

लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ गते हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित समय: सोमबार २० माघ, २०८२, ०८:५३:२८
स्पेलिङ प्रतियोगितामा हेरिटेज इन्टरनेशनल स्कुल प्रथम
आईतबार ४ असोज, २०८३
बुद्धोदय सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न, ज्येष्ठ शेयरधनी र उत्कृष्ट विद्यार्थी सम्मानित
शनिवार ३ असोज, २०८३
बिहिबार १ असोज, २०८३
विराटनगरमा लैंगिक तथा यौनिक अल्पसंख्यक नेतृत्व विकाससम्बन्धी कार्यशाला सम्पन्न
बुधबार ३१ भदौ, २०८३
जेन्जी आन्दोलनको क्षतिबाट उठ्दै नेपालिरिका होटल, छैटौँ वार्षिकोत्सवमा आश्विनभर विशेष उत्सव
बुधबार ३१ भदौ, २०८३
तीजको दिन सुनील शर्माद्वारा चेलीको उद्धार, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
मङ्गलबार ३० भदौ, २०८३
प्याब्सन विराटनगरको आयोजनामा परिवर्तित कम्प्युटर विज्ञान पाठ्यक्रमसम्बन्धी शिक्षक तालिम सम्पन्न
शनिवार २७ भदौ, २०८३
एसीसी प्रिमियर कपमा सन्दीप लामिछाने सर्वोत्कृष्ट खेलाडी
शनिवार २७ भदौ, २०८३
विराटनगरमा जारी एशियन पेन्ट्स च्याम्पियनसिपमा अर्किड र कान्तिपुर विजयी
बिहिबार २५ भदौ, २०८३
बाढीले सर्वस्व गुमाएकी विष्णुकुमारीको उपचारमा सुनील शर्माको पहल, केएमसीमा निःशुल्क मिर्गौला प्रत्यारोपण
बुधबार २४ भदौ, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०