स्कटल्यान्डसँग पराजित हुँदा महिला टी–२० विश्वकप खेल्ने नेपालको सपना समाप्त

शब्द एक्स्प्रेस संवाददाता
सोमबार १३ माघ, २०८२
८ महिनाअघि

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ। ग्लोबल छनोटअन्तर्गत सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न निर्णायक खेलमा नेपाल स्कटल्यान्डसँग ७२ रनले पराजित भयो।

टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १४० रन बनायो। जवाफी ब्याटिङमा उत्रिएको नेपाली टोली भने कमजोर प्रदर्शन गर्दै १३.५ ओभरमै ६८ रनमा अलआउट भयो।

Advertisement

जित्नै पर्ने दबाबमा खेलेको खेलमा नेपालको ब्याटिङ पूर्ण रूपमा असफल रह्यो। कुनै पनि नेपाली ब्याटरले २० रन कटाउन सकेनन्। ओपनर बिन्दू रावल र रोमा थापाले सर्वाधिक १४–१४ रन बनाए भने रुविना क्षेत्रीले १० रन जोडिन्। अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन्।

स्कटल्यान्डका लागि अबताह मक्सुदले तीन विकेट लिइन् भने क्याथरिन फ्रासर र क्याथरिन ब्राइसले दुई–दुई विकेट हात पारे।

यस हारसँगै समूह ‘बी’ बाट स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड ‘सुपर–६’ चरणमा प्रवेश गरेका छन्। नेपाल भने जिम्बाब्वेसँगै समूह चरणबाटै बाहिरिएको छ।

यसअघि स्कटल्यान्डका लागि प्रियान्जा चटर्जीले अविजित ४५ रनको महत्वपूर्ण योगदान दिइन्। उनले २८ बलमा सात चौका प्रहार गरिन्। एलिसा लिस्टरले २२, सारा ब्राइसले १८ र मेगन म्याककोलले १७ रन जोडिन्।

नेपालतर्फ बलिङमा मनिषा उपाध्यायले चार विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरिन्। उनले चार ओभरमा १७ रन मात्र खर्चिइन्। रुविना क्षेत्रीले तीन विकेट हात पारिन् भने अन्य तीन बलरले एक–एक विकेट लिए।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०