रतुवामाई । मोरङको रतुवामाई नगरपालिकामा दोस्रो संस्करणको वडाअध्यक्ष रतुवामाई खुल्ला टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद समिति रतुवामाई-४ को आयोजनामा शनिबारदेखि दोस्रो वडाअध्यक्ष रतुवामाई खुल्ला टी-२० क्रिकेट प्रतियोगिता- २०८२ सुरु भएको हो ।
रतुवामाईको आमबारीमा रहेको गढी महाराजथानको खेल मैदानमा शनिबार कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेप र मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट उम्मेदवारी दिएका दिलीप बगडियाले प्रतियोगिताको उद्घाटन गरे ।
खेलकुद समितिका अध्यक्ष कुमार पौडेलका अनुसार प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुनेछ । क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार नगद ७५ हजार रुपैयाँ र द्वितीय पुरस्कार नगद ४१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ ।
प्रतियोगितामा विभिन्न जिल्लाबाट १६ टिमले सहभागीता जनाएको अध्यक्ष पौडेलले बताए ।



