एजेन्सी । डोनाल्ड ट्रम्प प्रशासनले अब एच-वान बी भिसा आवेदनमा वार्षिक १००,००० डलर शुल्क तिर्नुपर्ने घोषणा गरेको छ। शुक्रबार हस्ताक्षर भएको नयाँ घोषणाले हजारौं एच-वान बी भिसाधारीहरूलाई मिश्रित भावना र धेरै प्रश्नमा छोडेको छ। यहाँ मुख्य कुरा छ:
एच-वान बी भिसा भनेको के हो?
एच-वान बी कार्यक्रम सन् १९९० मा सुरु भएको हो, जब तत्कालीन राष्ट्रपति जर्ज बुसले नयाँ कानुनमा हस्ताक्षर गरे जसको उद्देश्य वैज्ञानिक, इन्जिनियर, शिक्षक जस्ता दक्ष कामदारलाई ल्याएर विशेष क्षेत्रमा श्रम अभाव समाधान गर्ने थियो ।
यो अस्थायी भिसा प्रकारले कामदाता कम्पनीलाई “उच्च शिक्षित” विदेशी पेशेवरलाई नियुक्त गर्ने अनुमति दिन्छ । एच-वान बी भिसा साधारणतया ३ वर्षका लागि दिइन्छ र अधिकतम ६ वर्षसम्म लम्ब्याउन सकिन्छ ।
अहिले करिब ७ लाख ३० हजार H-1B धारक अमेरिका छन्, र थप ५ लाख ५० हजार परिवार सदस्य (पति/पत्नी, छोराछोरी) छन् । जम्मा गरेर झण्डै १३ लाख मानिस यसैमार्फत बसिरहेका छन् ।
अघिल्लो शुल्क करिब १,७०० डलर देखि ४,५०० डलर सम्म थियो, आवेदन कसरी द्रुत प्रक्रियामा गरिएको भन्नेमा निर्भर गर्थ्यो । प्रत्येक वर्ष, कांग्रेसले ८५,००० डलर भिसामा सीमा राख्छ, जुन लटरी प्रणालीमार्फत दिइन्छ । लटरी प्रवेश शुल्क २१५ डलर थियो, त्यसपछि आवेदन र कानुनी खर्चमा थप हजारौं डलर पर्थ्यो ।
ट्रम्पले के घोषणा गरे
ट्रम्प प्रशासनले दक्ष विदेशी कामदारहरूको एच-वान बी भिसा शुल्क बढाएर १००,००० डलर बनाएको छ । नयाँ शुल्क आइतबारदेखि लागू भएको छ । प्रशासनले दाबी गरे अनुसार यी भिसाहरू अमेरिकी मजदुरी कम गर्न र आइ.टि. क्षेत्रमा काम विदेश पठाउन दुरुपयोग भइरहेको छ ।
यसको शुल्क भने कम्पनीहरूले तिर्नुपर्नेछ, कामदारहरूले होइन । ट्रम्प प्रशासनले यसलाई कम्पनीहरूले बढी अमेरिकी कामदार रोज्न प्रोत्साहित गर्ने प्रयासका रूपमा व्याख्या गरेको छ ।
वाणिज्य सचिव होवार्ड लुटनिकले भने,“कम्पनीलाई ती कामदार साँच्चै मूल्यवान लागे भने ल्याउनेछन्, नभए अमेरिकीलाई रोज्नेछन् । यही हो आप्रवासनको उद्देश्य।”
ट्रम्पको विचार यसबारे स्थिर छैन । गत वर्ष उनले एच-वान बी लाई समर्थन गर्दै आफूले पनि प्रयोग गरेको बताएका थिए । तर हालसालै भने उनले शुल्क बढाएर अमेरिकी रोजगारी जोगिने बताएका छन् । उनले भने,“यो शानदार हुनेछ, हामी त्यो पैसा कर र ऋण घटाउन प्रयोग गर्नेछौं ।”
कुन उद्योग प्रभावित हुन्छएच-वान बी
भिसा लिनेमा सबैभन्दा ठूलो हिस्सा टेक क्षेत्रका कामदार हुन् । नयाँ शुल्क घोषणाले टेक उद्योगमा अन्योल सिर्जना गरेको छ, केही कम्पनीहरूले कर्मचारीलाई तत्काल विदेश यात्रा नगर्न सुझाव दिएका छन्।
अहिले पनि एलन मस्क, गूगल प्रमुख सुन्दर पिचाई, माइक्रोसफ्ट प्रमुख सत्य नडेला जस्ता धेरै प्रख्यात ब्यापारीहरू पनि पहिले एच-वान बी धारक छन् । यससंगसंगै शिक्षक र स्वास्थ्य क्षेत्रका कामदार पनि यसको सुविधाहरु पाई रहेका छन् ।
प्रतिक्रिया कस्तो आएको छ
अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् शुल्क बढ्दा कम्पनीहरूले विदेशी प्रतिभा भित्र्याउन गाह्रो हुने भएकाले अमेरिकी आर्थिक वृद्धि सुस्त हुन सक्छ। साथै, यसले “ब्रेन ड्रेन” बढाउने सम्भावना छ।
भारतले भने यसले परिवारमा मानवीय असर पार्ने बताएको छ। भारत सरकारले यी अवरोधहरूलाई अमेरिकी अधिकारीहरूले सच्याउन सकून् र दक्ष कामदारको आदानप्रदान दुबै देशको लागि उपयोगी हुदै आएको कारण अन्य विधिबाट व्यवस्था गर्न सकिने ठाउँ खोज्नु पर्ने भनेको छ । सिलिकन भ्यालीका ठूला कम्पनीहरूले भने सार्वजनिक रुपमा केही नबोली आन्तरिक सूचना मात्र पठाएका छन्।
तर केही व्यवसायी नेताहरूले ट्रम्पलाई समर्थन गरेका छन् । नेटफ्लिक्सका सह-संस्थापक रिड हेस्टिङले एक्स (ट्विटर) मा लेखे—१००,००० डलर शुल्कले भिसा केवल “उच्च मूल्यका काम” मा मात्र जानेछ । यसले लटरी हटाएर कम्पनीलाई बढी निश्चितता दिनेछ।
यसअघि नै एच-वान बी भिसा विवादास्पद विषय थियो । सेनेटर बर्नी स्यान्डर्स लामो समयदेखि आलोचक थिए, उनले यो कार्यक्रमले अमेरिकी कामलाई विदेशी सस्तो श्रमिकसँग प्रतिस्थापन गर्छ भनेका छन् ।