इरानविरुद्ध युद्ध थप चर्काउने तयारीमा ट्रम्प, इजरायलमा थप दर्जनौं रिफ्युलिङ विमान पठाइँदै

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २ साउन, २०८३
३ महिनाअघि

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानविरुद्ध सम्भावित ठूलो सैन्य कारबाहीको तयारी तीव्र बनाएको छ। अमेरिकी सञ्चारमाध्यम एक्सियोसका अनुसार अमेरिकाले इजरायलमा दर्जनौं थप हवाई इन्धन भर्ने (रिफ्युलिङ) विमान पठाउने तयारी गरेको छ। तीन जना अमेरिकी तथा इजरायली अधिकारीहरूले यसको पुष्टि गरेका छन्।
रिपोर्टअनुसार राष्ट्रपति ट्रम्पले ‘सिचुएसन रुम’मा इरानसँग सम्बन्धित नयाँ सैन्य योजनाको समीक्षा गरेका छन्। हाल हर्मोज स्ट्रेट क्षेत्रमा भइरहेका सीमित आक्रमणभन्दा धेरै ठूलो सैन्य अभियान सञ्चालन गर्ने विकल्पमाथि छलफल भइरहेको जनाइएको छ।
अमेरिकी प्रशासनले इरानका ऊर्जा पूर्वाधार, रणनीतिक केन्द्र तथा आणविक फ्यासिलिटीलाई लक्षित गर्दै बमबारी गर्ने सम्भावित योजनामाथि समेत विचार गरिरहेको छ। यद्यपि ट्रम्पले सैन्य कारबाहीबारे अन्तिम निर्णय भने अझै गरेका छैनन्।
अमेरिकी तथा इजरायली अधिकारीहरूका अनुसार इरानलाई हर्मोज स्ट्रेट खुला राख्न र आणविक कार्यक्रमसम्बन्धी अमेरिकी माग स्वीकार गर्न दबाब दिन ट्रम्प प्रशासन युद्धको दायरा विस्तार गर्न तयार देखिएको छ। आवश्यक परे आगामी केही दिनमै नयाँ सैन्य आदेश जारी हुन सक्ने जनाइएको छ।
यसैबीच अमेरिकी सेनाले लगातार पाँचौं दिन पनि हर्मोज स्ट्रेट र इरानको दक्षिणी तटीय क्षेत्रमा आक्रमण जारी राखेको छ। बन्दर अब्बास सहर आसपास रहेका कम्तीमा सातवटा पुलमा बमबारी गरिएको बताइएको छ। उक्त क्षेत्रलाई इरानी रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) को प्रमुख सैन्य केन्द्र मानिन्छ।
इरानले पनि जोर्डन, कतार, बहराइन, इराक र कुवेतस्थित अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण तीव्र बनाएको दाबी गरेको छ। आईआरजीसीले सिरियास्थित अमेरिकी बेसमा पनि आक्रमण गरेको जनाएको भए पनि अमेरिकी सेनाले उक्त बेस केही महिनाअघि नै खाली गरिसकेको जनाएको छ।
हाल तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थल र दक्षिणी इजरायलको रमोन विमानस्थलमा अमेरिकाका करिब ६० वटा रिफ्युलिङ विमान तैनाथ छन्। इजरायली अधिकारीहरूका अनुसार थप विमान पुगेमा युद्धको सुरुवाती चरणमा जत्तिकै अमेरिकी हवाई क्षमता पुनः विस्तार हुनेछ।
अमेरिकी सेनाले यी विमानहरू मुख्यतः बेन गुरियन विमानस्थलबाट सञ्चालन गर्ने योजना बनाएको छ। अन्य हवाई अड्डा इरानी आक्रमणको जोखिममा रहेकाले उक्त विमानस्थललाई तुलनात्मक रूपमा सुरक्षित मानिएको छ।
यता इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानलाई कडा चेतावनी दिँदै इजरायलमाथि कुनै पनि आक्रमण भए त्यसको जवाफ विगतभन्दा अझ शक्तिशाली हुने बताएका छन्।
यद्यपि अमेरिकी सैन्य विमानहरूको बढ्दो उपस्थितिले इजरायलभित्र राजनीतिक विवाद पनि सिर्जना गरेको छ। लामो समयदेखि बेन गुरियन विमानस्थलमा सैन्य विमान पार्क गरिएकाले नागरिक उडान प्रभावित भएका छन्। गर्मीयामको बिदाका कारण यात्रुको चाप बढिरहेका बेला थप विमान आए धेरै उडान रद्द हुन सक्ने चिन्ता व्यक्त गरिएको छ।
चुनाव आउन करिब तीन महिना बाँकी रहेकाले यसले प्रधानमन्त्री नेतान्याहुको गठबन्धनमाथि राजनीतिक दबाब बढाउन सक्ने विश्लेषण गरिएको छ। यातायात मन्त्री मिरी रेगेभले अमेरिकी विमानको संख्या सीमित गर्न वा अन्यत्र सार्न आग्रह गरेकी छन्। तर रक्षा मन्त्रालय र इजरायली सेनाले त्यसको विरोध गरेका छन्। ट्रम्प प्रशासनले भने थप विमान व्यवस्थापन गर्न इजरायल सरकारसँग समन्वय गरिरहेको छ। अन्तिम निर्णय प्रधानमन्त्री नेतान्याहुले गर्ने जनाइएको छ।

Advertisement
प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
गुगललाई डेटा सेन्टर निर्माणको काम रोक्न फिनल्याण्डको निर्देशन
बुधबार २१ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक
बुधबार २१ असोज, २०८३
बाँके र बर्दियामा भारी वर्षा मापन, सतर्कता अपनाउन आग्रह
बुधबार २१ असोज, २०८३
विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदनमा नेपाल एक स्थान खस्कियो
बुधबार २१ असोज, २०८३
त्रिशूली–भोटेकोशी विपद् अध्ययन टोली नुवाकोटमा
बुधबार २१ असोज, २०८३
देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन मौसमविद्को आग्रह
बुधबार २१ असोज, २०८३
सुनचाँदीको मूल्य बढ्यो
बुधबार २१ असोज, २०८३
एमालेले बोलायो स्थायी कमिटी बैठक
बुधबार २१ असोज, २०८३
कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै
बुधबार २१ असोज, २०८३
विराट क्षितिज कलेजका बीएस्सी सीएसआईटी र बीसीएका विद्यार्थीलाई अभिमुखीकरण
मङ्गलबार २० असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०