अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ असार, २०८३
३ महिनाअघि

काठमाडौं । अमेरिका र इरान बीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता समारोह अनिश्चितकालका लागि स्थगित भएको छ। स्वीट्जरल्यान्डमा शुक्रबार आयोजना हुने तयारी गरिएको उक्त समारोहमा कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी सहभागी नहुने भएपछि कार्यक्रम स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कूटनीतिक स्रोतहरूका अनुसार अब प्रक्रिया औपचारिक हस्ताक्षरतर्फ नभई प्राविधिक तहका विस्तृत वार्तातर्फ मोडिएको छ। अमेरिका, इरान, कतार र पाकिस्तानका प्रतिनिधिमण्डलहरू हाल स्वीट्जरल्यान्डका विभिन्न स्थानमा बसेर नयाँ वार्ता ढाँचा तयार गर्न जुटिरहेका छन्।

Advertisement

स्रोतका अनुसार सम्झौताका बाँकी रहेका जटिल र प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा वार्ता सञ्चालन गरिनेछ। ती छलफलहरूमा सुरक्षा, कार्यान्वयन प्रक्रिया तथा अन्य संवेदनशील विषयहरूलाई अन्तिम रूप दिने प्रयास गरिने बताइएको छ।

सम्झौता प्रक्रियामा आएको यो अप्रत्याशित परिवर्तनले पाकिस्तानको कूटनीतिक कार्यक्रमलाई पनि प्रभावित पारेको छ। शहबाज शरिफ ले आफ्नो स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। स्रोतहरूका अनुसार समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डा पूरा भइसकेकाले उनको भ्रमण आवश्यक नरहेको निष्कर्ष निकालिएको हो।

यद्यपि शान्ति सम्झौता तत्काल हुन नसके पनि सम्बन्धित पक्षहरूले वार्ता प्रक्रिया जारी राखेकाले भविष्यमा सहमतिको सम्भावना अझै कायम रहेको विश्लेषण गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी

बुधबार १४ असोज, २०८३
११ घण्टाअघि

इटहरीमा सीप तथा रोजगार मेला सुरु

बुधबार १४ असोज, २०८३
११ घण्टाअघि

दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश

बुधबार १४ असोज, २०८३
१३ घण्टाअघि

महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल

बुधबार १४ असोज, २०८३
१४ घण्टाअघि

महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो

बुधबार १४ असोज, २०८३
१८ घण्टाअघि

चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण

मङ्गलबार १३ असोज, २०८३
१ दिनअघि
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०