अमेरिका–इरान शान्ति सम्झौता स्थगित, वार्ता अब प्राविधिक तहमा केन्द्रित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ५ असार, २०८३
४ महिनाअघि

काठमाडौं । अमेरिका र इरान बीच हुने भनिएको बहुप्रतीक्षित शान्ति सम्झौता समारोह अनिश्चितकालका लागि स्थगित भएको छ। स्वीट्जरल्यान्डमा शुक्रबार आयोजना हुने तयारी गरिएको उक्त समारोहमा कुनै पनि उच्चस्तरीय अमेरिकी वा इरानी अधिकारी सहभागी नहुने भएपछि कार्यक्रम स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कूटनीतिक स्रोतहरूका अनुसार अब प्रक्रिया औपचारिक हस्ताक्षरतर्फ नभई प्राविधिक तहका विस्तृत वार्तातर्फ मोडिएको छ। अमेरिका, इरान, कतार र पाकिस्तानका प्रतिनिधिमण्डलहरू हाल स्वीट्जरल्यान्डका विभिन्न स्थानमा बसेर नयाँ वार्ता ढाँचा तयार गर्न जुटिरहेका छन्।

Advertisement

स्रोतका अनुसार सम्झौताका बाँकी रहेका जटिल र प्राविधिक विषयमा सहमति जुटाउन आगामी ६० दिनसम्म विभिन्न चरणमा वार्ता सञ्चालन गरिनेछ। ती छलफलहरूमा सुरक्षा, कार्यान्वयन प्रक्रिया तथा अन्य संवेदनशील विषयहरूलाई अन्तिम रूप दिने प्रयास गरिने बताइएको छ।

सम्झौता प्रक्रियामा आएको यो अप्रत्याशित परिवर्तनले पाकिस्तानको कूटनीतिक कार्यक्रमलाई पनि प्रभावित पारेको छ। शहबाज शरिफ ले आफ्नो स्वीट्जरल्यान्ड भ्रमण रद्द गरेका छन्। स्रोतहरूका अनुसार समझदारीपत्र (एमओयू) सम्बन्धी मुख्य एजेन्डा पूरा भइसकेकाले उनको भ्रमण आवश्यक नरहेको निष्कर्ष निकालिएको हो।

यद्यपि शान्ति सम्झौता तत्काल हुन नसके पनि सम्बन्धित पक्षहरूले वार्ता प्रक्रिया जारी राखेकाले भविष्यमा सहमतिको सम्भावना अझै कायम रहेको विश्लेषण गरिएको छ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७

सम्बन्धित खबर

पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने

शुक्रबार ७ कार्तिक, २०८३
१ दिनअघि

राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना

मङ्गलबार ४ कार्तिक, २०८३
४ दिनअघि

रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि
नेपालको कप्तान

शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै

सोमबार ३ कार्तिक, २०८३
५ दिनअघि

बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने

आईतबार २ कार्तिक, २०८३
६ दिनअघि
पाकिस्तानका कप्तान साहिबजादा फरहान कर्णाली याक्समा अनुबन्ध
शुक्रबार ७ कार्तिक, २०८३
नेकपाले दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने
शुक्रबार ७ कार्तिक, २०८३
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०