छैटौंपटक विश्वकप खेल्ने रोनाल्डोको इच्छा

शब्द एक्स्प्रेस संवाददाता
मङ्गलबार १७ असार, २०८२
१ वर्षअघि

विराटनगर । क्रिस्टियानो रोनाल्डोले क्लब परिवर्तन गरेर क्लब विश्वकप खेल्ने भन्दा पनि विश्राम र तयारीमा ध्यान दिनु आफ्नो प्राथमिकता भएको बताएका छन्।

४० वर्षका पोर्चुगिज स्टार रोनाल्डोले आफ्नो टोली अल–नासरसँग दुई वर्षको नयाँ सम्झौता गरेका छन्। त्यसपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो योजनाबारे प्रस्ट पारेका हुन्।

‘मसँग क्लब विश्वकप खेल्ने केही प्रस्तावहरू थिए,’ उनले अल–नासरको इन्स्टाग्राम भिडियोमा भने, ‘तर, त्यो मलाई उपयुक्त लागेन। मलाई राम्रो विश्राम, राम्रो तयारी चाहिएको छ, किनभने यो सिजन निकै लामो हुनेछ। यो सिजनको अन्त्यमा विश्वकप पनि छ। त्यसैले म अल– नासरका लागि मात्र होइन, राष्ट्रिय टोलीका लागि पनि पूर्ण रूपमा तयार रहन चाहन्छु।’

तीन हप्ताअघि स्पेनविरुद्ध पेनाल्टी सुटआउट जित्दै पोर्चुगललाई नेसन्स लिग उपाधि दिलाएका रोनाल्डो क्लब विश्वकप खेल्न अर्को क्लबमा जाने चर्चा चलेको थियो। तर, उनले ती सबै कुरा अफवाह मात्रै रहेको प्रमाणित गर्दिए।

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्ने आगामी वर्षको फिफा विश्वकपमा रोनाल्डो र अर्जेन्टिनी स्टार लिओनेल मेसी छैटौं पटक खेल्ने सम्भावना छ। सन् २०२२ मा रोनाल्डो पाँच वटा विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडी बनेका थिए।

पाँचपटकको बालोन डि’ओर विजेता रोनाल्डोको नयाँ सम्झौतासँगै कम्तीमा ४२ वर्षको उमेरसम्म व्यावसायिक फुटबल खेल्ने निश्चित भएको छ।

प्रकाशित समय: मङ्गलबार १७ असार, २०८२, ०६:४५:०३
कोशीमा कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
बुधबार ३ भदौ, २०८३
सांसद–मन्त्रीबीच दूरी बढेपछि रवि लामिछानेले बोलाए छलफल
बुधबार ३ भदौ, २०८३
आजदेखि देशभर म्यानपावर कम्पनी बन्द
सोमबार १ भदौ, २०८३
भारतीय स्थलसेनाध्यक्ष जनरल धीरज सेठ आज नेपाल आउँदै
आईतबार ३१ साउन, २०८३
सुदूरपश्चिममा एमालेका तीन मन्त्री र एक राज्यमन्त्रीले शपथ लिए
शुक्रबार २९ साउन, २०८३
सुदूरपश्चिममा खगराज भट्ट मुख्यमन्त्री नियुक्त
शुक्रबार २९ साउन, २०८३
धवलशमशेरसँग कुरा नमिलेपछि दुर्गा प्रसाईंले छुट्टै पार्टी खोल्ने
शुक्रबार २९ साउन, २०८३
पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
बिहिबार २८ साउन, २०८३
विराटनगरका ७ आँखा अस्पतालमा मोरङ प्रशासनको तालाबन्दी 
बिहिबार २८ साउन, २०८३
बुढीगङ्गामा सप्ताहव्यापी अन्तर्राष्ट्रिय युवा दिवस, युवा संवाददेखि रक्तदानसम्मका कार्यक्रम
बिहिबार २८ साउन, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०