जब वैभवले छुए धोनीको खुट्टा !

शब्द एक्स्प्रेस संवाददाता
बुधबार ८ जेठ, २०८२
१ वर्षअघि

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) को १८औं संस्करणमा भारतीय युवा क्रिकेटर वैभव सूर्यवंशी चम्किरहेका छन् ।

कम उमेरमा शतक हान्ने खेलाडी बनेका वैभवले मंगलबारको खेलमा अग्रज खेलाडीप्रति आफ्नो सम्मान प्रकट गरे ।

Advertisement

दिल्लीको अरुण जेटली रंगशालामा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गरेको थियो ।

पहिले ब्याटिङ गर्दै चेन्नईले ८ विकेट गुमाएर १८७ रन बनाएको थियो । जवाफमा राजस्थानले वैभव सूर्यवंशीको अर्धशतकको मद्दतले १७ बल बाँकी रहँदै लक्ष्य हासिल गरेको थियो ।

चेन्नईका कप्तान महेन्द्रसिंह धोनी र राजस्थानका सञ्जु स्यामसनले टी–२० मा आफ्नो ३५० छक्का पूरा गरे ।

नूर अहमदको फ्री–हिट बलमा छक्का प्रहार गर्दै वैभवले आफ्नो अर्धशतक पूरा गरे ।

तुषार देशपाण्डेको बलमा चौका प्रहार गर्दै ह्याट्रिक पूरा गरेपछि अर्को बलमा आयुष म्हात्रे आउट भए ।

खेल सकिएपछि दुवै टोलीका खेलाडीहरूले एकअर्कासँग हात मिलाइरहेका बेला धोनी र वैभव आमनेसामने भएका थिए ।

धोनी नजिक आउनेबित्तिकै वैभवले हात मिलाउनुको सट्टा उनको खुट्टा छोए । यसपछि धोनीले वैभवलाई हेरे र मुस्कुराए ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०