साविक विजेता आर्मीलाई हराउँदै पुलिसले जित्यो एमएम कप क्रिकेटको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
आईतबार २१ ब‌ैशाख, २०८२
३ हप्ताअघि

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा भएको तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

साकिक विजेता त्रिभुवन आर्मी क्लवलाई २४ रनले पराजित गर्दै नेपाल पुलिस क्लवले उपाधि जितेको हो ।

लगातार ३ पटक फाइनलमा पुगेको पुलिसको यो पहिलो उपाधि हो ।

दुई पटक एमएम कपको फाइनलमा आर्मीसँग पराजित पुलिसले उपाधि जित्दा आर्मीको ह्याट्रिक गर्ने सपना चक्नाचुर भएको छ ।

जितसँगै पुलिसले नगद ४ लाख र ट्रफि र उपविजेता आर्मीले नगद २ लाख र ट्रफि हात परेको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा शनिबार भएको फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको पुलिसले निर्धारि ५० ओभरमा सवै विकेट गुमाई २ सय ३९ योगफल खडा गरेको थियो ।

पुलिसकालागि अरुण ऐरी कप्तान शंकर रानाले अर्धसतक पारी खेले ।

ऐरीले ६४ रन र रानाले ५१ रन पारी खेले ।

श्रवण यादवले ३२ रन तथा दिपक डुम्रेले ३६ रनको पारी खेले ।

आर्मीका नरेन साउदले २ विकेट लिँदा दुर्गेश गुप्ता र तुलबहादुर थापाले पनि २–२ विकेट लिए ।

पुलिसले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको आर्मीले ४८ ओभरमा सवै विकेट गुमाई २ सय १५ रन मात्र बनाउँन सक्यो ।

आर्मीका विकेट किपर हिमाञ्सु दत्तले अर्धसतकी पारी खेल्दा पनि आर्मीलाई जित दिलाउन सकेनन् ।

दत्तले ६३ रन बनाउँदा निश्चल क्षेत्रीले ३६ रन, इमरान शेखले २४ रन, नरेन राउदले २१ रन, जितेन्दू सिंह ठकुरीले २० रन र विशाल सुस्लिङले १८ रनको योगदान दिए ।

पुलिसका प्लेयर अफ फाइनल श्रवण यादवले ४ विकेट लिँदा चित्र विष्टले २ विकेट लिए ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी आर्मीका नरेन साउद भए ।

उनले नगद २५ हजार र ट्रफि हात पारे ।

त्यस्तै उत्कृष्ट ब्याटर पुलिसका शंकर राना र उत्कृष्ट बलर कोशीका प्रेम कामत घोषित भए ।

उनीहरुले जनही नगद १५–१५ हजार र ट्रफि हात पारे ।

बैशाख १३ गतेदेखि भएको प्रतियोगितामा भारतको असाम क्रिकेट टिम, घरेलु टिम कोशी प्रदेश, बागमती प्रदेश, विभागीय टोली नेपाल पुलिस क्लब, आर्मी क्लब र सशस्त्र प्रहरी क्लब सहभागी रहेका थिए ।

प्रतियोतिामा करिव एक करोड खर्च भएको आयोजक संस्थाका अध्यक्ष विप्लव घोषले बताए ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, क्यानका केन्द्रीय उपाध्यक्ष रोशन सिंह, नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षक जगत टमाटा,जिल्ला खेलकुद समिति मोरङका अध्यक्ष सुरज श्रेष्ठ, आयोजक संस्थाका अध्यक्ष विप्लव घोष, कोशी क्रिकेट सँघका अध्यक्ष सर्वजितराज पाण्डे र मोरङ क्रिकेट सँघका अध्यक्ष महमद सादबाबु कुरेसीलगायतले पुरस्कार तथा ट्रफि वितरण गरे ।

प्रकाशित समय: आईतबार २१ ब‌ैशाख, २०८२, ०६:०६:४५
Leading Casinos That Accept Bitcoin Down Payments
बिहिबार ९ जेठ, २०८२
The Significance of Safe Online Casino Sites: Safeguarding Your Cash and Privacy
बिहिबार ९ जेठ, २०८२
बिहिबार ९ जेठ, २०८२
प्रथम कोशी प्रदेश कुस्ती प्रतियोगिताको उपाधि मोरङलाई
बिहिबार ९ जेठ, २०८२
साना किसान सहकारी सिजुवाद्वारा मृतक सदस्यको परिवारलाई बिमा रकम हस्तान्तरण
बिहिबार ९ जेठ, २०८२
विराटनगरमा शनिबार र आइतबार सीप उत्सव हुँदै
बिहिबार ९ जेठ, २०८२
महावीर पुन भन्छन् : दिउँसै रात पार्ने ऊर्जामन्त्रीलाई बृहत् जनआन्दोलनबाट नहटाए देश डुब्छ
बुधबार ८ जेठ, २०८२
Discover the Exhilaration of Free Penny Slot Machine
बुधबार ८ जेठ, २०८२
जब वैभवले छुए धोनीको खुट्टा !
बुधबार ८ जेठ, २०८२
The Increase of Online Gambling Establishments: A Comprehensive Overview
बुधबार ८ जेठ, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०