विराटनगरमा सुरु भयो इण्डो नेपाल क्रिकेट प्रतियोगिता

शब्द एक्स्प्रेस संवाददाता
शनिवार २२ चैत, २०८१
१ वर्षअघि

विराटनगर । चौथो संस्करणको मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगरको जुटमिट खेलमैदानमा सुरू रुपमा सुरु भएको छ ।

शनिबार भएको उद्घाटन खेलमा घरेलु टिम विराटनगरको होराइजन क्रिकेट क्लबले पाहुना टोली प्रशान्त क्रिकेट क्लब जोगवनीलाई फराकिलो १०७ रनको अन्तरले पराजित गर्दै क्वाटरफाइलनमा पुगेको हो ।

उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको होराइजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ७ विकेट गुमाइ २१९ रनको विशाल स्कोर बनायो ।

होराइजनका मीनाश थापाले आक्रमक ब्याटिङ गर्दै ४० बलमा ३ छक्का र ४ चौका प्रहार गरी ५२ रनको अर्धशतकीय पारी खेले ।

उनको साथ अभिषेक कार्कीले अविजित १५ बलमा ४६ रन बनाए, जसमा ३ छक्का र ६ चौका प्रहार गरे ।

फिरदोश अन्सारीले पनि अविजित ३० बलमा १ छक्का र ५ चौकाको मद्दतले ४१ रनको योगदान दिए भने अटल साहले १५ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ३२ रन बनाए ।

जोगवनीका बलर अभिषेक राजाले ४ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

२२० रनको विशाल लक्ष्य पछ्याएको प्रशान्त क्रिकेट क्लब जोगवनीले दबाबमा परेर मात्र १४.१ ओभरमा सबै विकेट गुमाइ ११२ रनमा अलआउट भयो ।

जोगवनीका अमन राजले १७ बलमा २८ रन बनाए भने आदित्य राजले ७ बलमा १७ रन र असफाक अन्सारीले ११ बलमा १२ रनको योगदान दिए ।

टोलीका अन्य ब्याटरहरू दोहोरो अंकमा पुग्न सकेनन् ।

विजेता टोली होराइजनका दिपेश कन्डेलले ४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए ।

फिर्दोस अन्सारीले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिए भने मीनाश थापाले २ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारे ।

ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेका मीनाश थापा खेलको प्लेयर अफ द म्याच घोषित भए ।

उनले पुरस्कार स्वरूप नगद तीन हजार एक सय रुपैयाँ प्राप्त गरे ।

विजयपश्चात् होराइजन क्रिकेट क्लबका कप्तान मीनाश थापाले प्रतियोगितामा उत्कृष्ट सुरुवात गर्न पाएकोमा खुसी व्यक्त गरे ।

‘हामीले टिमको सामूहिक प्रदर्शनका कारण आज विजय हासिल गर्न सफल भयौं । आफुसहित अभिषेक र फिरदोशले ब्याटिङमा देखाएको आक्रामक खेल र त्यसपछि बलिङमा गरेको कसिलो प्रदर्शनले हामीलाई जित दिलायो,’ उनले भने ।

आइतबार दुई वटा खेलहरू हुनेछ । पहिलो खेल भारतको दिल्ली युथ क्लब र फॉर्मेन्स क्रिकेट एकेडेमी पटनाबीच हुनेछ भने सोही दिन हुने दोस्रो खेल सिराहा जिल्ला क्रिकेट क्लब र डिजायर क्रिकेट क्लब पूर्णियाबीच हुने आयोजकले जनाएको छ ।

मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठका अनुसार प्रतियोगितामा विजेता टिमले २ लाख १ हजार नगद पुरस्कारसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टिमले १ लाख १ हजार नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताभर सर्वाधिक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द टुर्नामेन्ट’ घोषणा गरी २५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यसका साथै, प्रतियोगिताको सर्वाधिक रन बनाउने ‘बेस्ट ब्याटर’ र सर्वाधिक विकेट लिने ’बेस्ट बलर’लाई जनही १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

चौथो संस्करणको यस प्रतियोगितामा नेपालका ६ र भारतका ६ गरी कुल १२ टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगिता आगामी चैत ३० गतेसम्म सञ्चालन हुनेछ । मिल्स कप इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता विराटनगर क्षेत्रमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि विगत वर्षहरूदेखि आयोजना हुँदै आएको छ ।

यस प्रतियोगिताको मुख्य उद्देश्य नेपाल र भारतका स्थानीय क्रिकेट टिमहरूबीच मैत्रीपूर्ण सम्बन्ध स्थापना गर्नुका साथै युवा क्रिकेट खेलाडीहरूको प्रतिभा पहिचान गरी राष्ट्रिय स्तरमा अवसर प्रदान गर्नु हो,’ सचिव श्रेष्ठले भनिन् ।

प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको संयोजन र मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीको आयोजनामा भएको यस प्रतियोगिताको औपचारिक उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले गरे ।

उद्घाटन समारोहमा बोल्दै उनले कोशी प्रदेशमा क्रिकेट खेलको विकासका लागि यस प्रकारका प्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने बताए ।

‘कोशी प्रदेशमा क्रिकेट खेलको विकास र प्रवद्र्धनका लागि नेपाल र भारतबीचको यस प्रकारको अन्तर्राष्ट्रिय प्रतियोगिताले महत्वपूर्ण योगदान पुर्‍याउँछ,’ बस्नेतले भने, ‘यस प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने र अन्तर्राष्ट्रिय स्तरमा आफूलाई चिनाउने अवसर प्रदान गर्दछ । प्रदेश सरकारले क्रिकेटलगायत सबै खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माण र खेलाडी प्रशिक्षणमा विशेष ध्यान दिइरहेको छ ।’

प्रकाशित समय: शनिवार २२ चैत, २०८१, २०:०९:००
राष्ट्रपतिले जारी गरे थप तीन अध्यादेश
शनिवार १९ ब‌ैशाख, २०८३
लालपुर्जाको दाबीपछि रोकिएको डोजर पुनः सञ्चालन, मापदण्डविपरीत निर्माण गरिएको निष्कर्ष
शनिवार १९ ब‌ैशाख, २०८३
नेकपाको मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन, संगठन विस्तार अभियान अघि बढाइने
शनिवार १९ ब‌ैशाख, २०८३
रास्वपाको सचिवालय बैठक आइतबार, समसामयिक विषयमा छलफल हुने
शनिवार १९ ब‌ैशाख, २०८३
‘ज्ञानको अहंकार नदेखाउनू’— जेनजी अगुवा रक्षा बमको प्रधानमन्त्री बालेनलाई सुझाव
शनिवार १९ ब‌ैशाख, २०८३
शैक्षिक पात्रो सुधार्न त्रिविमा धमाधम परीक्षा, साउनदेखि नियमित तालिका लागू हुने
शनिवार १९ ब‌ैशाख, २०८३
बालाजु–स्वयम्भू केन्द्रमा अतिक्रमित बस्ती हटाउने अभियान जारी
शनिवार १९ ब‌ैशाख, २०८३
अध्यादेशको तयारीबीच संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा
शनिवार १९ ब‌ैशाख, २०८३
मेची भन्सारबाट १३ अर्बभन्दा बढी राजश्व संकलन
शनिवार १९ ब‌ैशाख, २०८३
पेस्तोल र १६ हजारभन्दा बढी ट्रामाडोलसहित चार जना पक्राउ
शुक्रबार १८ ब‌ैशाख, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०