घरेलु टिम मोरङले जित्यो इक्युवालिटी कप क्रिकेटको उपाधि

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २० चैत, २०८१
१ वर्षअघि

विराटनगर । घरेलु टिम मोरङले जित्यो चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिताको उपाधि जितेको छ ।

साविक विजेतासमेत रहेको मोरङले बिहीबार भएको फाइनल खेलमा सप्तरीलाई ८ विकेटले पराजित गर्दै लगातार तेस्रो पटक उपाधि जितेको हो ।

Advertisement

पहिलो संसकरणमा मोरङले झापासँग पराजित भएयता लगातार उपाधि जित्दै आएको छ ।

नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगर-६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भएको फाइनल खेलमा टस हारेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई ८१ रन जोडेको थियो ।

सप्तरीकी साक्षी यादवले २८ रन बनाउँदा दिपा रामले अविजित १५ रनको योगदान दिइन् । मोरङकी प्लेयर अफ फाइनल क्रितिषा धामीले ५ विकेट लिइन् । उनले किफायती बलिङ गर्दै ४ ओभरमा १ मेडन राख्दै ९ रन दिइन् । धामीबाहेक बन्धना राजवंशीले ३ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले ११ दशमलव १ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । मोरङको जितमा सानु राजवंशीले अविजित ४० रन बनाउँदा कप्तान टिका साहले १५ रनको योगदान दिइन् । सप्तरीकी साक्षी यादवले १ विकेट लिँदा अपेक्षा यादवले पनि १ विकेट लिइन् ।

प्रतियोगिताको प्लेयर अफ सिरिज सिरहाकी सरस्वती चौधरी घोषित हुँदा उत्कृष्ट ब्याटर सप्तरीकी साक्षी यादव, उत्कृष्ट बलर मोरङकी क्रितिषा धामी र उत्कृष्ट विकेट किपर मोरङकी प्रिंसा राना मगर घोषित भइन् ।

प्रतियोगितालाई म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्युवालिटि कप क्रिकेट आयोजना भएको हो ।

विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि कोशी प्रदेश क्रिकेट संघका अध्यक्ष सर्वजितराज पाण्डे, मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद बाबु र नेपाल क्रिकेट फाउण्डेशनका अध्यक्ष अविशेक श्रेष्ठ लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०