इक्युवालिटी कप क्रिकेट : उपाधिका बिहीबार लागि मोरङ र सप्तरी भिड्ने

शब्द एक्स्प्रेस संवाददाता
बुधबार १९ चैत, २०८१
१ वर्षअघि

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको ‘इक्वालिटी कप क्रिकेट’ प्रतियोगिताको उपाधिका बिहीबार लागि मोरङ र सप्तरी भिड्ने भएका छन् ।

विराटनगर महानगरपालिका-६ मा रहेको म्यारिलिबोन ज्वाला क्रिकेट मैदानमा भोलि हुने फाइनल खेलमा मोरङ र सप्तरीले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

Advertisement

नेपाल क्रिकेट फाउन्डेसनको आयोजनामा जारी प्रतियोगिताअन्तर्गत अन्तिम लिग खेलमा विजयी हुँदै मोरङ शीर्ष स्थानमा रह्यो ।

बुधबार मोरङले सप्तरीलाई ७ विकेटले पराजित गर्‍यो । यसअघि नै मोरङ र सप्तरी फाइनलको यात्रा तय गरेका थिए ।

मोरङ खेलेको तीनै खेलमा जित हात पार्दै ६ अंक जोड्न सफल हुँदा सप्तरी तीन खेलमध्ये दुई खेलमा जित हात पार्दै ४ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

टस जितेर ब्याटिङ गरेको सप्तरीले निर्धारित २० ओभरमा ४ विकेट गुमाई ८१ रन जोडेको थियो ।

सप्तरीकी साक्षी यादवले सर्वाधिक अविजित ४२ रन जोडिन् । मोरङकी निरु राजवंशीले १ विकेट लिँदा फुलकुमारी राजवंशी र बन्धना राजवंशी र क्रितीषा राजवंशीले १–१ विकेट लिइन् ।

८२ रनको लक्ष्य पछ्याएको मोरङले १० दशमलव ५ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो ।

मोरङको जितमा प्लेयर अफ द म्याच टिका साहले ४१ रन बनाउँदा प्रिन्साा राना मगरले अविजित १५ रनको योगदान दिइन् ।

टिकाले ३० बलमा ६ चौका प्रहार गरिन् । सप्तरीकी दिपा रामले २ विकेट लिइन् ।

यसअघि भएको पहिलो खेलमा सिरहाले इलामलाई १ सय ३३ रनको पराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पार्‍यो ।

दुवै टिमले लगातार खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । सिरहाले ३ खेलमा १ मा जित हात पार्दै २ अंक बटुलेको छ भने इलामले तीनै खेलमा पराजित भएको छ ।

टस हारेर ब्याटिङ गरेको सिरहाले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९५ रनको विशाल योगफल तयार पारेको थियो ।

सिरहाकी प्लेयर अफ द म्याच सरस्वती चौधरीले अविजित ७८ रन बनाउँदा मिना महतोले २६ रनको योगदान दिइन् । चौधरीले ६२ बलमा १० चौका प्रहार गरिन् ।

इलामकी मुना राई, टिकामाया तामाङ, प्रयंका राई र रञ्जना लिम्बुले समान १–१ विकेट लिएकी थिइन् ।

१ सय ९६ रनको विशाल लक्ष्य पछ्याएको इलामले १६ दशमलव ४ बलमा सवै विकेट गुमाई ६२ रन बनाएको थियो । इलामकी दिपा लिम्बु सर्वाधिक ११ रन बनाइन् ।

सिरहाकी अनु यादवले ३ विकेट लिँदा प्रसिद्का खडकाले पनि ३ विकेट लिइन् ।

म्यारिलबोन क्रिकेट क्लब फाउन्डेसन र क्रिकेट विथआउट बाउण्ड्रिजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियानअन्तर्गत इक्युवालिटी कप क्रिकेट आयोजना भएको हो ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०