आइपिएल : आक्रमक ब्याटिङ लाइन नचल्दा सनराइजर्स पराजित, लखनउले निकाल्यो पहिलो जित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ चैत, २०८१
२ वर्षअघि

विराटनगर । १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ ।

सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

Advertisement

आक्रामक ब्याटिङ लाइनअपका रुपमा चिनिने अभिषेक शर्मा, इशन किशन र नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो ।

टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो ।

१९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो ।

यो सनसनीपूर्ण जितसँगै लखनउले दुई खेल खेलेर दुई अंक जोडेको छ। पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग मात्र एक विकेटले पराजित भएको थियो ।

यो सिजनमा हैदरावादको पहिलो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा २८७ रनको पारी खेलेको हैदरावाद दोस्रो खेलमा १९० रनमा समेटिएको हो ।

हैदरावादविरुद्धको जितमा लखनउका निकोलस पुरनले सर्वाधिक ७० रन बनाए। २६ बल खेलेका उनले ६ चौका र ६ छक्का हिर्काए ।

ओपनर मिचेल मार्शले ३१ बलमा सात चौका र दुई छक्कासहित अर्धशतक पूरा गर्दै ५२ रन जोडे । कप्तान ऋषभ पन्त १५ रनमा आउट हुँदा डेभिड मिलर १३ र अब्दुल समाद २२ रन नटआउट रहे ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। मोहम्मद शामी, एडम जाम्पा र हर्षल पटेलले समान एकएक विकेट हात पारे ।

राजीव गान्धी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १९० रन बनाउँदा कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् ।

हैदरावादका ओपनर ट्रेभिस हेडले २८ बल खेलेर सर्वाधिक ४७ रन बनाउँदा पाँच चौका र तीन छक्का हिर्काए ।

अंकत बर्माले १३ बलमा पाँच छक्कासहित ३६ रन बनाए भने नितिशकुमार रेड्डी ३२ र हेनरिक क्लासन २६ र प्याट कमिन्स १८ रनमा आउट भए ।

उसका लागि हर्षल पटेल १२ रनमा नटआउट रहे। हैदरावादका लागि आक्रामक ब्याटिङ लाइन चलेन ।

हैदरावादलाई सस्तैमा समेट्न लखनउका शार्दुल ठाकुर घातक भए । उनले चार ओभर बलिङ गर्दा मात्र ३४ रन खर्चिएर चार विकेट लिए ।

आवेश खान, दिग्वेश राठी, रवि बिश्नोई र राजकुमार यादवले एकएक विकेट हात पारे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
राष्ट्रपति पौडेलद्वारा मैतीदेवी मन्दिरमा पूजाअर्चना
मङ्गलबार ४ कार्तिक, २०८३
रवि र सुशील भट्टको पक्राउमा फरक मापदण्ड अपनाइएको महेश बस्नेतको आरोप
सोमबार ३ कार्तिक, २०८३
नेपालको कप्तान
शीर्ष ६ मा उक्लिन नेपाललाई जित्नैपर्ने दबाब, निर्णायक खेलमा ओमानसँग भिड्दै
सोमबार ३ कार्तिक, २०८३
बाढीपहिरोको क्षतिपछि कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
आईतबार २ कार्तिक, २०८३
नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’
आईतबार २ कार्तिक, २०८३
३ हजारको फेन्सी सामान किनेकी नुवाकोटकी सन्तमायाले जितिन् १० लाख
आईतबार २ कार्तिक, २०८३
जेनजी आन्दोलनका बेला नख्खु कारागारबाट भागेका कैदी सुन्दरीजलबाट पक्राउ
आईतबार २ कार्तिक, २०८३
इनरुवाको घरबाट झन्डै एक टन गाँजा बरामद, चार जना प्रहरी नियन्त्रणमा
आईतबार २ कार्तिक, २०८३
जुम्लामा न्यूनतम तापक्रम माइनस ०.५ डिग्रीमा झर्‍यो
आईतबार २ कार्तिक, २०८३
जीबी राईको अडियोबारे हर्क साम्पाङको आशंका, ‘अर्को विषयबाट ध्यान मोड्ने प्रयास हुन सक्छ’
आईतबार २ कार्तिक, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०