आइपिएल : आक्रमक ब्याटिङ लाइन नचल्दा सनराइजर्स पराजित, लखनउले निकाल्यो पहिलो जित

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार १४ चैत, २०८१
२ वर्षअघि

विराटनगर । १८औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति भएको खेलमा सनराइजर्स हैदरावाद पराजित भएको छ ।

सुरुमा ब्याटिङ गरेको हैदरावादलाई लखनउ सुपर जायन्ट्सले पाँच विकेटले हराएको हो ।

Advertisement

आक्रामक ब्याटिङ लाइनअपका रुपमा चिनिने अभिषेक शर्मा, इशन किशन र नितिशकुमार रेड्डी, हेनरिक क्लासेन नचल्दा हैदरावाद पराजित भएको हो ।

टस जितेर लखनउले फिल्ड रोजेपछि पहिला ब्याटिङ गरेको हैदरावादले ९ विकेटको क्षतिमा १९० रन बनाएको थियो ।

१९१ रनको लक्ष्य पछ्याएको लखनउले आक्रामक ब्याटिङ गर्दै १६.१ बलमा पाँच विकेटको क्षतिमा १९३ रन बनायो ।

यो सनसनीपूर्ण जितसँगै लखनउले दुई खेल खेलेर दुई अंक जोडेको छ। पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग मात्र एक विकेटले पराजित भएको थियो ।

यो सिजनमा हैदरावादको पहिलो हार हो । उसले पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको थियो ।

पहिलो खेलमा २८७ रनको पारी खेलेको हैदरावाद दोस्रो खेलमा १९० रनमा समेटिएको हो ।

हैदरावादविरुद्धको जितमा लखनउका निकोलस पुरनले सर्वाधिक ७० रन बनाए। २६ बल खेलेका उनले ६ चौका र ६ छक्का हिर्काए ।

ओपनर मिचेल मार्शले ३१ बलमा सात चौका र दुई छक्कासहित अर्धशतक पूरा गर्दै ५२ रन जोडे । कप्तान ऋषभ पन्त १५ रनमा आउट हुँदा डेभिड मिलर १३ र अब्दुल समाद २२ रन नटआउट रहे ।

हैदरावादका कप्तान प्याट कमिन्सले सर्वाधिक दुई विकेट लिए। तीन ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। मोहम्मद शामी, एडम जाम्पा र हर्षल पटेलले समान एकएक विकेट हात पारे ।

राजीव गान्धी स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै नौ विकेटको क्षतिमा १९० रन बनाउँदा कुनै पनि ब्याट्सम्यानले अर्धशतक बनाउन सकेनन् ।

हैदरावादका ओपनर ट्रेभिस हेडले २८ बल खेलेर सर्वाधिक ४७ रन बनाउँदा पाँच चौका र तीन छक्का हिर्काए ।

अंकत बर्माले १३ बलमा पाँच छक्कासहित ३६ रन बनाए भने नितिशकुमार रेड्डी ३२ र हेनरिक क्लासन २६ र प्याट कमिन्स १८ रनमा आउट भए ।

उसका लागि हर्षल पटेल १२ रनमा नटआउट रहे। हैदरावादका लागि आक्रामक ब्याटिङ लाइन चलेन ।

हैदरावादलाई सस्तैमा समेट्न लखनउका शार्दुल ठाकुर घातक भए । उनले चार ओभर बलिङ गर्दा मात्र ३४ रन खर्चिएर चार विकेट लिए ।

आवेश खान, दिग्वेश राठी, रवि बिश्नोई र राजकुमार यादवले एकएक विकेट हात पारे ।

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाह गर्दै बर्जु-१
शुक्रबार १६ असोज, २०८३
दुहबीमा पालिकास्तरीय स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा सुरु
बिहिबार १५ असोज, २०८३
विराटनगर महानगर कांग्रेस सभापतिमा कृष्ण कार्की निर्वाचित
बिहिबार १५ असोज, २०८३
पोखराको फिर्केखोला किनारमा फेरि डोजर चलाइयो
बिहिबार १५ असोज, २०८३
संघीय संसदका दुवै सदनको चालु अधिवेशन अन्त्य
बिहिबार १५ असोज, २०८३
अब ज्यालादारी र करारमा कर्मचारी नियुक्त गर्न नपाइने
बिहिबार १५ असोज, २०८३
भारतीय राजदूत श्रीवास्तव आजै फर्किँदै
बिहिबार १५ असोज, २०८३
बाढीपहिरोले क्षति पुर्‍याएको बेनी–जोमसोम सडक मर्मत सुरु
बिहिबार १५ असोज, २०८३
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०