रमपम विराट गोल्डकप : एपिएफलाई हराउँदै नेपाल पुलिस सेमिफाइनलमा

शब्द एक्स्प्रेस संवाददाता
बिहिबार २२ फाल्गुण, २०८१
२ वर्षअघि

विराटनगर । विभागीय टिम नेपाल पुलिस क्लब विराटनगरमा जारी नवौं संस्करणको रमपम विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद रंगशालामा बिहीबार भएको दोस्रो क्वाटरफाइनल खेलमा पूर्वविजेता टिम सशस्त्र प्रहरी बल (एपीएफ) लाई २–० गोलले पराजित गर्दै नेपाल पुलिस सेमिफाइनलमा पुगेको हो ।

Advertisement

जितको लागि पुलिसको तर्फबाट अरुण गाहा र मनिष सेढाइँले समान १–१ गोल गरे ।

बाँया बार च्यापेर पुलिसका उज्वल राईले ६६ औं मिनेटमा निकालिदिएको क्रस पासलाई अरुणले हेडिङमार्फत आकर्षक गोलमा परिणत गरी टिमलाई अग्रता दिलाए ।

पहिलो गोल गरेर अग्रता लिएको २१ मिनेट बित्न नपाउँदै पुलिसका मनिष सेढाइँले व्यक्तिगत ८७ औ मिनेटमा गोल गरि टिमको जित सुनिश्चित गरे ।

निक्कै रोमान्चक खेलको पहिलो हाफसम्म दुवै टिमले गोल गर्ने थुप्रै अवसर खेर फाले । दुवै टिम आक्रमक देखिएपछि पहिलो हाफसम्म दुवै टिमको गोल रहित बराबारी खेले ।

दोस्रो हाफपछि पुलिसले आक्रमक खेल पस्कियो । एपीएफको डिफेन्डर र रक्षापंक्तिमा देखिएको कमजोरीको फाइदा उठाउँदै नेपाल पुलिसले सेमिफाइनलको यात्रा सुरक्षित गरेको छ ।

एपीएफका बुद्धीमान राईले खेलको १५ औं मिनेटमा पाएको सुन्दर गोल गर्ने अवसर खेर फाले । दिपेश धिमालले निकालेको पासलाई बुद्धिमानले प्रहार गरेको वान भर्सेस वानको प्रहार बाहिरियो ।

खेलको २० औं मिनेटमा एपीएफका कप्तान हरी कार्कीको डिबक्स नजिक देखिको प्रहार बाहिरदा पहिलो हाफमा गोल गर्ने अवसर खेर गयो ।

खेलको ३८ औं मिनेटमा एपीएफका एलिक श्रेष्ठले ३० यार्डदेखि गरेको प्रहार पुलिसका गोलरक्षक अमित तामाङ पंन्ज गरी उत्कृष्ट बचाउ गरिदिए ।

दोस्रो हाफपछि एपीएफले २–० गोलले पछि परेपछि आक्रमक देखियो । तर, एपीएफका खेलाडीले बारम्बार गोल गर्ने अवसर चुकाउँदा विराट गोल्डकपको उपाधि जित्ने सपना चकनाचुर भयो ।

खेलको अन्त्यतिर बारम्बार पोस्ट आक्रमणको रणनीति बुनेको एपीएफका खेलाडीले गोल गर्नका लागि पाएका केही अवसरको सदुपयोग गर्न सकेन ।

खेलेको ७० औं मिनेटमा एन्जल श्रेष्ठले गरेको प्रहार बाहिरिदा सान्तवना गोल फर्काउनबाट चुक्यो ।

७५ औं मिनेटमा विश्वास उदासले वान भर्सेस वानको स्थितिमा गरेको प्रहारमा पोसमाथिबाट बाहिरयो । केही राम्रा अवसरले पोस्टको बाटो तय गर्न नसक्नु एपीएफका लागि दुर्भाग्यपूर्ण बन्यो ।

प्रतियोगताको प्लेर अफ द म्याच पुलिसका मनिष सेढाई घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पाए ।
एपीएफले दिल्लीको सुदेवा फुटबल क्लबलाई ५–३ गोलले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो ।

एपिएफ विराट गोल्डकपको साविक विजेता टिम पनि हो । छैठौं संस्करणको विराट गोल्डकपको उपाधि एपीएफले जितेको थियो ।

त्यसबेला फाइनलमा पाहुना टोली भारतको पंजाव पुलिसलाई १– ० ले हराउँदै एपीएफले उपाधि जितेको थियो ।

पुलिस तेस्रो संस्करणका बिजेता टिम हो । त्यसबेला झापा ११ लाई १–० गोलले फाइनलमा पराजित गरेर उपाधि जितेको थियो ।

शुक्रबार तेस्रो क्वार्टरफाइनल खेल थ्रीस्टार र मछिन्द्र फुटबल क्लबबीच हुनेछ ।

 

प्रकाशित समय: शनिवार १० असोज, २०८३, १४:१०:४७
सामाजिक सञ्जाल नियमन गर्न छुट्टै कानुन ल्याउँदै सरकार, बालबालिकालाई उमेरगत प्रतिबन्धको तयारी
बुधबार १४ असोज, २०८३
इटहरीमा सीप तथा रोजगार मेला सुरु
बुधबार १४ असोज, २०८३
दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाउ आदेश
बुधबार १४ असोज, २०८३
महासभामा प्रधानमन्त्रीको सम्बोधन विश्वभर चर्चामा आयो : परराष्ट्रमन्त्री खनाल
बुधबार १४ असोज, २०८३
महाकालीको बाढीले दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल भत्कियो
बुधबार १४ असोज, २०८३
चोलेन्द्रशमशेरलाई जेनजीबाट नभई अपरिचित समूहबाट थ्रेट आएको सरकारको स्पष्टीकरण
मङ्गलबार १३ असोज, २०८३
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, यस्ता छन् मुख्य निर्णय
मङ्गलबार १३ असोज, २०८३
कांग्रेस देउवा समूहमा प्रवेश गरे दीपक मनाङे
मङ्गलबार १३ असोज, २०८३
विराटनगरमा तासको खालमा प्रहरीको छापा, भागदौडमा एकको मृत्यु
मङ्गलबार १३ असोज, २०८३
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मङ्गलबार १३ असोज, २०८३
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०