नयाँ सुबिधासहित हाम्रो पात्रोको ‘मेगा रिलिज’

शब्द एक्स्प्रेस संवाददाता
शुक्रबार ९ फाल्गुण, २०८१
२ महिनाअघि

विराटनगर । हाम्रो पात्रो”ले आफ्नो प्रयोगकर्ताका लागि नयाँ सुविधा सहितको मेगा रिलिज लिएर आएको छ ।

नयाँ संस्करणले प्रयोगकर्तालाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ ।

प्रयोगकर्तालाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीमा संलग्न हुन सजिलो बनाउने विश्वास हाम्रो पात्रोले लिएको छ ।

हाम्रो पात्रोका निर्देशक सुदिना गौतम भन्छिन्, “समय अनुसार प्रयोगकर्तालाई नयाँ अपडेट प्रदान गर्ने कुरालाई हामीले सधैँ ध्यानमा राखेका हुन्छौं । यो हाम्रो पात्रोको अहिलेसम्मको सबैभन्दा ठूलो रिलिज हो भनेर भन्न सकिन्छ । हाम्रो पात्रोको यो नयाँ स्वरूप र हामीले थपेका नयाँ सुविधा प्रयोगकर्ताका माझ पस्कन पाउँदा एकदमै उत्साहित छौं । प्रयोगकर्ताले यस संस्करणलाई पनि उत्तिनै माया दिनुहुनेछ भनेर विश्वस्त छौँ।”

यो फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफूले प्रयोग गर्ने सेवालाई मात्र प्राथमिकता दिँदै आफ्नो आवश्यकता अनुसार एपलाई व्यक्तिगत बनाउन सक्ने विज्ञप्तिमा उल्लेख छ ।

त्यसबाहेक, प्रयोगकर्ताले आफ्नो सहजताअनुसार एपको फन्ट साइज पनि बदल्न सकिने छ ।

हाम्रो पात्रोले लामो समयदेखि प्रयोगकर्ताले माग गरे अनुसार नोट्स राख्न र कमेन्ट गर्न सकिने सुविधा पनि यसपटकको अपडेटमा थपिएको छ ।

अब हाम्रो पात्रो एपबाटै इभेन्टको टिकट खरिद गर्न सकिने नयाँ सुविधा उपलब्ध भएको छ ।

हाम्रो पात्रोको आफ्नै वालेट “हाम्रो पे” का साथै मोबाइल बैंकिङ प्रयोग गरेर पनि टिकट खरिद गर्न सकिनेछ ।

यो सुविधाले प्रयोगकर्तालाई कुनै एक भुक्तानी प्लेटफर्ममा मात्र निर्भर नरहन मद्दत गर्ने तथा भुक्तानी प्रक्रियालाई अझ सजिलो बनाउने उद्देश्य राखेको छ ।

प्रकाशित समय: शुक्रबार ९ फाल्गुण, २०८१, २०:३५:३९

सम्बन्धित खबर

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यु, आमाको अवस्था नाजुक
मङ्गलबार ९ ब‌ैशाख, २०८२
जब राप्रपाका कार्यकर्ताले प्रहरीलाई फूल दिए…
मङ्गलबार ९ ब‌ैशाख, २०८२
विराटनगरमा एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता हुँदै
मङ्गलबार ९ ब‌ैशाख, २०८२
काठमाडौं आइपुगे भारतीय विद्युत् मन्त्री, मुस्ताङ घुमेर पशुपतिनाथ दर्शनपछि स्वदेश फर्कने
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल आइपुगे विश्वकप विजेता कार्लोस
मङ्गलबार ९ ब‌ैशाख, २०८२
सुन्दरहरैंचाको गछियामा खुल्यो नागरिक आरोग्य सेवा केन्द्र
मङ्गलबार ९ ब‌ैशाख, २०८२
शिक्षकहरूको आन्दोलनका बीच शिक्षामन्त्रीको राजीनामा, सरकारलाई झनै दबाब
मङ्गलबार ९ ब‌ैशाख, २०८२
चोरेरै जीविका चलाउँदै आएका एक जना धरानेसहित तीन पक्राउ
मङ्गलबार ९ ब‌ैशाख, २०८२
नेपाल मगर विद्यार्थी संघको अधिवेशनमा बबण्डर : लगातार ४८ घण्टा चलेर तीनवटा कुर्सी तोडफोडपछि स्थगित
सोमबार ८ ब‌ैशाख, २०८२
यस्तो बन्यो ‘महाभोज’ को पोस्टर
सोमबार ८ ब‌ैशाख, २०८२
अस्पताल बसेरै बित्यो डाक्टरको कारागारको समय !
शुक्रबार ५ माघ, २०८०
विराटनगरमा हनी ट्रयापको बिगबिगी : एक जनाबाटै ठगिए २५ बढी पुरुष
आईतबार ४ चैत, २०८०
‘बुढेशकाल’ मा जन्मिएका जुम्ल्याहा सन्तान अस्ताए, आफू पनि ६ घण्टा मार्वल स्टोनले थिचिए
शुक्रबार ११ फाल्गुण, २०८०
सुन्दरहरैंचाबाट पाँच लाख रुपैयाँसहित समातिइन् लागुऔषध कारोबारी सुनिता राई
बिहिबार १ चैत, २०८०
रोकिराखेको सिटी सफारीमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु, पक्राउ परे सिटी चालक
बुधबार २८ चैत, २०८०
विराटनगरको पोखरिया मावि एसइई नतिजामा देशभरकै सर्वोत्कृष्ट
मङ्गलबार १५ जेठ, २०८१
कानेपोखरी : अनुमतिबिना ढोका खोलेको भन्दै अध्यक्षले गरिन् कार्यालय सहयोगीलाई निलम्बन
बुधबार १७ माघ, २०८०
मोटरसाइकल दुर्घटनामा कर्मचारीको मृत्यु, विराटनगरमा बिहीबार बिदा
बुधबार २४ माघ, २०८०
स्वास्थ्य मन्त्रालयले माग्यो करारमा कर्मचारी
बुधबार २४ माघ, २०८०
चार सय करोडको लगानीमा विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा
आईतबार २१ माघ, २०८०